रौतहट ०९,असोज । चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई लुम्बिनी बिकास बैंक लिमिटेड चन्द्रनिगाहपुर शाखाले आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक थान कम्प्युटर सेट उपलब्ध गराएको छ । सोमबार चन्द्रनिगाहपुर खानेपानी कार्यालय परिसरमा भएको एक कार्यक्रमका बिच बैंकका शाखा प्रबन्धक सुबोध कोइरालाले समितिका अध्यक्ष किशोर प्रसाद उपाध्याय लाई सामाग्री हस्तान्तरण गरेका हुन । सो कार्यक्रममा समितिका सचिब अबधेश हरि भट्टराई लगयत समितिका अन्य पदाधिकारी तथा ब्यबस्थापक एवम बैंकको तर्फबाट नयाँ शाखा प्रबन्धक सुदिप ढकाल एव्म अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियोे । बैंक प्रबन्धक सुबोध कोइरालाले बैंकले आर्थिक मात्र नभई समाजिक कार्य पनि गर्छ भन्ने यो ज्वलन्त उदाहरण रहेको र यो सहयोग बाट खानेपानी कार्यालयको उपभोक्ता मुखि सेवा संचालन गर्न सघाउ पुग्ने बिश्वास व्यक्त गरे । त्यसै गरि समितिका अध्यक्ष उपाध्यायले समिति को आग्रह लाई सहर्ष स्विकार गरि गरिएको यो सहयोग को लागि बैंक लाई धन्यवाद दिदै प्राप्त सामग्री को उचित प्रयोगको प्रतिबद्धता गर्दै लुम्बिनी बिकाश बैंक चन्द्रनिगाहपुर शाखाको आर्थिक उन्नतिको कामना एवम सकृय समाजिक उपस्थिति को लागि शुभकामना ब्यक्त गरे । यस अधि पनि लुम्बिनी बिकाश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनज्योति क्याम्पस चन्द्रनिगाहपुरका छात्रालाईहरुको स्वस्थ्यलाइ ध्यानमा राखी सेनिटरी प्याड भेन्डिङ मेसिन तथा सेनिटरी प्याड डिस्पोज मेसिन सहयोग गरेको थियोे ।