रौतहट, ४ असोज । विद्यालय शिक्षा विधेयकलाई लिएर शिक्षकहरु आन्दोलनमा सहभागी हुन संघिय राजधानी हिडे पछि विहिवार दोश्रो दिन पनि रौतहट जिल्लाका सामुदायिक विद्यालयमा अध्ययन अध्यापन हुन सकेनन् ।
संसदमा दर्ता भएको शिक्षा विधेयकमा नेपाल शिक्षक महासंघले विभिन्न १८ बुँदे असहमति प्रकट गर्दै संघिय राजधानी काठमाडौं केन्द्रीय आन्दोलनमा सहभागी हुन रौतहटबाट शिक्षकहरु गएका कारण आज दोश्रो दिनपनि रौतहट जिल्लाको सामुदायिक विद्यालयहरु पूर्ण रुपमा बन्द हुँदा अध्ययन अध्यापन हुन सकेनन् ।
रौतहट जिल्लाको १८ वटै स्थानीय तहमा ४३५ सामुदायिक विद्यालय रहेको छ जस मध्ये १०७ माध्यमिक विद्यालय र ३२८ आधाभुत तथा प्राथमिक विद्यालयहरु रहेका छन् ।
यता रौतहटका बौधीमाई नगरपालिकाको नगरप्रमुख प्रदीपकुमार यादवले प्रेस बिज्ञप्ती जारी गरेर विद्यालय संचालन गर्न अपिल गरे थिए तर उक्त पालिकाका शिक्षकहरु काठमाडौं हिडेपछि रौतहटका सवै पालिकामा रहेका सामुदायिक विद्यलाय पूर्ण रुपमा बन्द छन ।