Wednesday, January 22, 2025

बौधिमाइ नपामा सडक फराकिलो बनाउन शुरु

पछिल्लाे समाचार


रौतहट ६ असोज । अतिक्रमणले गर्दा सांघुरिदै गएको सार्वजनिक सडक फराकिलो बनाउन बौधिमाई नगरपालिकाले अभियान थालेको छ ।
नगरपालिकाले डोजर प्रयोग गरेर घरटहरा भत्काउन सुरु गरेको छ ।
सार्वजनिक सडकमै घरटहरा निर्माण गर्ने पशुचौपाया बांध्ने गर्दा सडक सांघुरिदै गएको थियो ।
नगरपालिकाले सडक खाली गर्न एक साताको समय दिएको थियो । सो नगरपालिकाले ९ वटै वडामा सडक अतिक्रमण हटाउन सुरु गरेको हो ।
नपाको मुख्य सडक २८ फिट सडक कायम रहेकामा स्थानीयले अतिक्रमण गर्दा ठाउँठाउँमा १० देखि १५ मिटर मात्र सडक रहेको छ ।
कतिपयले सार्वजनिक सडक अतिक्रमण गर्दै पक्की संरचना निर्माण समेत गरेको नपाले जनाएको छ ।
टोल टोलमा अतिक्रमण हटाउने अभियान सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत प्रमोद राय यादवले बताएका छन । नगरको यस्ता अभियानलाई कुनै कारणले नरोकिने बौधिमाई नगरपालिकाका मेयर प्रदीप कुमार यादवले बताएका छन।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु