रौतहट १ असोज । कवाडीको काम गरेे गुजरा चलाउदै आएको एक परिवारमा दुई छोराहरु सरकारी जागिरे भएपछि खुशी छाएको छ ।
रौतहटको मौलापुर नगरपालिका वडा न ७ पिपरिया जमिरी रामको दुईवटा छोराहरु सरकारी जागिरे भएका छन ।
कवाडी काम गरेर दुई छोराहरु सरकारी सेवामा रहेपछि गांउमा जमिरी रामको चर्चा चुलिएको छ ।
गरिबी का कारण आर्थिक अभावमा रामले सानै उमेर देखी गाँउ घरमा हुने नाचमा काम थालें । जमिरी रामले जीवनका २५ वर्ष नाचमा बिताए।
जेठाे छोरा ले पनि नाचमे मन लगाउन थालेपछि नांचको काम छाडेर चितवनमा गएर कवाडीको काम गर्न थाले ।
चितवन बसेर उनले छोराको शिक्षा दिने सोच बनाए जस्तो छोरालाई नबनाउने अठोटका साथ जमिरी राम ले छोराहरुलाइ पढाए ।
छोरा मिथुन रामले एसएससी पास गरि भेटनरी पढे वीरगञ्जमा दुई महिना कक्षा लिई पैसाको अभावमा पढ्न पाएनन । त्यस पछि उनी २०७५ सालमा प्रहरीमा आवेदन दिएका मिथुन सशस्त्र प्रहरी जवानमा नाम निकाल्न सफल भए ।
कान्छा छोरा सुनिल राम लाइ पनि पढ्नमा जोड दिए छोरा पढाउन जमिरी रामले भएको थोरै घरेडी साहुकोमा बन्धकी राखे ।
सुनिल रामले प्रविणता प्रमाणपत्र तह उतिर्ण गरिसके पछि उनलाई नेपाल प्रहरीमा आवेदन दिन लगाए तर सुनिलको भने नेपाली सेना बन्ने सपना थियो । सुनिलले २०७९ सासमा नेपाली सेनामा छनोट भइ २०८० भदौ २५ गते तालिम पूरा गरि पासआउट भए ।
दुवै छोराहरु सरकारी सेवामा भएपछि जमिरि रामको खुशी का दिन आएको छ ।
छोराहरूले सरकारी सेवाबाट कमाएको पैसाले गांउमा एउटा पक्की घर बनाउने सपना उनको छ ।