Monday, January 27, 2025

तामागढी-सिम्रौनगढ सडकको मुआब्जा वितरणकोलागी १ अर्व विनियोजन

पछिल्लाे समाचार


निजगढ,२८ भाद्र । बाराको तामागढी-सिम्रौनगढ सडक खण्डको मुआब्जा वितरणकोलागी भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले १ अर्ब रुपैयाँ विनियोजन गरेकोछ । हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गतको योजना कार्यालय बिरगंजको कार्यक्षेत्र भित्र पर्ने बारा जिल्ला अन्तर्गत तामागढी-सिम्रौनगढ सडक निर्माणको क्रममा सडकको अधिकार क्षेत्र भित्र पर्ने जग्गाहरुको मुल्यांकन समितिबाट निर्धारण भएको मुल्यांकन बमोजिम मुआब्जा वितरण गर्ने प्रयोजनको लागी मन्त्री स्तरीय निर्णय बाट १ अर्ब विनियोजन गरिएकोहो । गत असारमा नेपाली काङ्ग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीको नेतृत्वमा बारा क्षेत्र नम्बर १ प्रदेश सभा क का प्रदेश सभा सदस्यका प्रत्यासी रमेश दङ्गाल,नेपाली काङ्ग्रेस बारा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति बिजय शंकर यादव सहितको टोलिले भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा वितरणको माग गर्दै ज्ञापनपत्र पेश गरेकोथियो । ज्ञापनपत्र बुझ्ने क्रममा मन्त्री ज्वालाले प्रभावित क्षेत्रमा मुआब्जा वितरण गर्न यधाशिघ्र बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभएको टोलिमा सहभागी काङ्ग्रेस नेता रमेश दङ्गालले बताउनुभयो । महेन्द्र राजमार्गलाई भारतिय सिमानासङ्ग जोड्ने महत्त्वपूर्ण सडकको रुपमा रहेको सो सडकको निर्माणमा प्राथमिकता सङ्गै प्रभावित क्षेत्रका बासिन्दाले यथाशीघ्र मुआब्जा पाउनुपर्छ भन्ने मान्यताका साथ मुआब्जा वितरण गर्न सरकारलाई दिएको दबाब सफल भएको नेता दङ्गालले बताउनुभयो । बाराको सिम्रौनगढ देखि निजगढ स्थित तामागढी सम्मको सो सडकले सिम्रौनगढ नगरपालिका,बारागढी गाउँपालिका,आदर्श कोतवाल गाउँपालिका र कोल्हबी नगरपालिकाका बासिन्दा प्रभावित छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु