Wednesday, January 22, 2025

चालक लाई हिरासत बाट निकालेर कुटपिट गर्नेलाइ कार्वाही गर्न यातातात मजदुरको माग

पछिल्लाे समाचार


रौतहट १ असोज । प्रहरी हिरासतमा रहेका ट्रक चालकलाई कुटपिट गरेको घटनाको यातायात मजदुरले बिरोध गरेका छन ।
फतुवा विजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट गत शुक्रबार मोटरसाइकल चालकको मृत्यु पछि प्रहरी हिरासतमा रहेका ट्रक चालकलाई हिरासतबाट निकालेर कुटपिट गरेको घटनाको बिभिन्न यातायात मजदुर संगठनले बिरोध जनाएका हुन ।
रौतहटको कोपवा बजारमा सिमेन्ट झारेर निजगढतर्फ जाँदै गरेको ना ५ ख ३४५१ नम्बरको ट्रकले ना ५१ पा ४९४१ को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक फतुवा बिजयपुर–१ का ३५ वर्षीय उमेश यादवको घटनास्थलमै मृत्यु भएको थियो ।
ट्रकले ब्याक गरेर किच्दा मोटरसाइकल चालकको ज्यान गएको आरोप लगाउदै ट्रक चालक निजगढ बाराका मुकुन्द पोखरेललाई कुटपिट गरेका थिए ।
पोखरेललाई इलाका प्रहरी सन्तपुर दोस्तियाबाट गएको टोलीले सुरक्षा दिँदा स्थानीय र प्रहरीबीच झडप भएको थियो ।
प्रहरी हिरासतमा रहेका चालकलाई हिरासतबाटै निकालेर कुटपिट गरेको बिरोधमा आईतबार नेपाल स्वतन्त्र यातायात मजदुर संगठन रौंतहटले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र लाइ ज्ञापनपत्र बुझाएकाछन् ।
हिरासतमा रहेको चालक माथि कुटपिट गर्ने उपर कडा कार्वाहीको माग गर्दै ज्ञापनपत्र बुझाएको मजदुर नेता रामकुमार कटुवालले बताए ।
कुटपिटबाट घाइते ट्रक चालक पोखरेलको उपचार वीरगन्ज स्थित अस्पताल भैरहेको छ ।
घटनाको बिषयलाई लिएर अखिल नेपाल यातायात मजुर संघका अध्यक्ष डिम कुमार दुलालले बिज्ञप्ती निकालेर प्रहरी हिरासतमा रहेका चालकलाई हिरासतबाट निकालेर जनप्रतिनिधीले मरणसान्न हुनेगरी कुटपिट गरेकोले कडा कार्वाहीको माग गरेकाछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु