चन्द्रपुर ११ असोज । चन्द्रपुर नगरपालिकामा रहेको अधिकाश आधारभूत तहका सामुदायिक विद्यालयहरुमा भौतिक पूर्वाधारको अभाव छ ।
बिधालयमा भवन, कक्षा कोठा, शिक्षण सामग्री, धारा, शौचालय लगाएतका भौतिक पूर्वाधारको कमि छ ।
चन्द्रपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख दीपेन्द्र मण्डलले पालिकामा रहेका केहि आधारभूत तहका विद्यालयमा केहिमा विद्यार्थी सख्या न्यून रहेको र कुनैमा कक्षाकोठा पक्की शौचालय, खानेपानीलगायतका भौतिक पूर्वाधार को अभाव रहेको बताए ।
वडा नम्वर ७ को कटानी वस्तीमा रहेको जनता आधारभूत विद्यालयमा विद्यार्थी सख्या धेरै रहेपनि कक्षा कोठाको अभाव रहेको त्यस्तै प्रावि वसन्तपुरमा कक्षा ६ र ७ मा जम्मा ८/१० जना मात्रै विद्यार्थी रहेकोले उक्त विद्यालयलाई कक्षा ५ सम्म मात्र सञ्चालनको अनुमति दिने तयारी भइरहेको उनको भनाइ छ ।
बेतौनामा रहेको दलित जागरण, वडा नम्बर २ असनवाको श्री आधारभूत सिरानटोलको माइस्थान प्रावि र वडा नम्बर ३ हिलेखोलाको हिलेश्वर प्राविमा कक्षा कोठा, शौचालय र खानेपानीको समस्या रहेको छ ।
श्री आधारभूत प्रावि असनवाका अभिभावक रामेश्वर धामीले विद्यालयमा शौचालयको व्यवस्था नहुँदा शिक्षक, विद्यार्थी समस्या परेको बताए ।
शिक्षा विकास तथा समन्वय इकाई गौरका प्रमुख रामविनय सिहले भौतिक संरचनाको अभावमा जिल्लाभरिका आधारभूत विद्यालयको पठनपाठन प्रभावित बनेको बताउदै आएका छन ।
जिल्लाको १८ वटा पालिकामा करिव चार सयको हाराहारीमा आधारभूत तहका सामुदायिक विद्यालय छन ।