चन्द्रपुर, ११ असोज । चन्द्रनिगाहपुरमा रहेको ईलाका प्रशासन कार्यालयबाट राहदानी सेवा सुचारु गर्न सेवाग्रहीहरुले माग गरेका छन ।
केही महिना पहिला सम्म ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरबाट राहदानी सेवा प्रदान हुदै आएकोमा पछिल्लो समय राहदानी लिनका लागि फोटो खिचाउनका लागि जिल्ला प्रशासन कार्यालय गौर जानुपर्ने बाध्यता छ ।
राहदानी बनाउनका लागि अहिले जिल्लाभरका सर्वसाधारणले जिल्ला सदरमुकाम गौर जानुपर्ने बाध्यता ले सेवाग्रही पिडित छन ।
जिल्ला प्रशासन कार्यालय रौतहट गौरमा टोकन लिने फोटो खिच्ने र राहदानी लिने को लागि भिड छ ।
सेवाग्रहीले राहदानीको लागी ३/४ दिन समय खर्चन बाध्य भएको गुनासो गर्दै आएका छन ।
रौतहटको वृन्दावन नगरपालिका, गढीमाई नगरपालिका र गुजरा नगरपालिका का सर्वसाधारणले राहदानी सेवा चन्द्रनिगाहपुर स्थित ईलाका प्रशासन कार्यालयबाट लिदै आएका थिए।
पछिल्लो समय राहदानी जिल्ला सदरमुकाम गौरबाट मात्र दिन थालेपछि जिल्लाको उत्तरी भेगका सर्वसाधारण र गरुडा इलाका का सेवाग्रही मर्कामा परेका हुन ।
राहदानी सेवा ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरबाटै लिन पाउने व्यावस्था गर्नुपर्ने नेकपा एमालेका युवा नेता बाबुराम दाहलको भनाइ रहेको छ ।
राहदानी सेवा चन्द्रनिगाहपुरबाटै सुचारु गर्नका लागि आफूले सम्बन्धीत निकायमा कुरा राख्ने रौतहट क्षेत्रन ४ का सघिय संसद देवप्रसाद तिमलसिनाले बताए।
जिल्ला सदरमुकाम गौर पुग्नका लागि सेवाग्रहीलाइ असहज भएको गरुडार चन्द्रनिगापुर बाट सेवा सुचारु गर्न पहल गर्ने सांसद तिमल्सिनाले बताएका छन ।