रौतहट, ३ असोज । संविधान दिवशको अवसरमा गौर कारागार बाट १० जना कैदीबन्दीले माफि पाएका छन ।
संविधान दिवस २०८० को उपलक्ष्यमा राष्ट्रपति रामचन्द्र पौडेलले देशको विभिन्न कारागारका कैदीबन्दी को कैद मिनहा हुने गरी गृह मन्त्रालय ले कैद माफि गरेको हो ।
कारागार व्यवस्थापन महाशाखाको चलानी नम्वर २०० को पत्र असोज २ गते गौर कारागारलाई प्राप्त भएपछि गौर कारागारमा रहेका १० जना कैदीबन्दीहरुको बाँकी सजाय मिनाहा भएको हो ।
सवारी ज्यान मुद्दाका चार, कर्तव्य मुद्दाका १, बहुविवाह २, डाका १, चोरी १ र कुटपिट अंगभंगको १ जना गरी १० जनालाई गौर कारागारबाट बाकी कैद मिनहा भएको गौर कारागारका प्रमुख मणिभूषण साहले जनाएका छन ।
गौर कारागारमा अहिले कैदीबन्दीहरुमा पुरुष कैदीहरूको संख्या १ सय८८ जना ,पुरुष थुनुवाको संख्या १ सय ७० जना, महिला कैदीहरुको संख्या १४ जना, महिला थुनवाको संख्या ५ जना, आश्रित बालबालिका– २ जना, छुट संख्या २ जना गरी जम्मा ३ सय ७९ जना जेल सजाय काटिरहेका छन ।