Thursday, January 23, 2025

क्यान्सर पिडिती बालिका स्वस्तिकाको उपचारको लागी स्पेनका नेपालीहरुको सहयोग

पछिल्लाे समाचार


निजगढ,३० भाद्र । निजगढ वडा नम्बर ४ कि क्यान्सर पिडित बालिका स्वस्तिका तिमल्सिनाको उपचारको सहयोगको लागी स्पेनमा बस्ने नेपालीहरुले सहयोग गरेकाछन । निजगढकि महिला समाजसेवी उषा लामा मोक्तानको आग्रहमा १ लाख रुपैयाँ आर्थिक सहयोग संकलन भएकोहो । स्पेनमा रहेकी निजगढकि सन्जु लामाको नेतृत्वमा संकलन भएको सो रकम शनिबार क्यान्सर पिडित बालिकाको परिवारलाई हस्तान्तरण गरिएकोछ । बालिकाको हजुरबुबा प्रेम बहादुर तिमल्सिनालाई शनिबार रकम हस्तान्तरण गरिएकोहो । वडा अध्यक्ष बिसन सापकोटा र नगर कार्यपालिका सदस्य मिना चौरेलको रोहबरमा पहलकर्ता उषा लामा मोक्तान,समुन्नत महिला बहुउद्धेश्यिय सहकारी निजगढकि अध्यक्ष कल्पना खरेल,मेची महाकाली बुहारी संयुक्त आवाज बाराकी अध्यक्ष चन्द्रीका मगर लगायत निजगढका महिला समाजसेवी हरुको समुहले क्यान्सर पिडित बालिकाको घरमा पुगेर रकम हस्तान्तरण गरेकाहुन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु