रौतहट २४ भदौ । बीपी कोइरालाको ११० औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी रौतहट सहित मुलुकभर मनाइँदैछ ।
नेपालमा प्रजातन्त्रको स्थापना गर्न संघर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो ।
बीपी कोईरालाको सम्झनामा नेपाली कांग्रेस रौतहटले सदरमुकाममा रहेको प्रादेशिक अस्पताल गौरमा नेपाली कांग्रेस रौतहटका नेता कार्यकर्ताहरुले सहित हामीले फलफुल वितरण गरेका छन ।
फलफुल बितरण गर्दै शान्तिको प्रतिक ,मायाको प्रतिकको स्वरुपमा बीपी कोईरालाको सम्झना गरेकाे नेपाली काग्रेस पार्टिका रौतहट जिल्ला सभापति सुनिल यादव (जितेन्द्र)ले बताएका छन ।
विसं २००३ मा बीपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको थियो । प्रजातन्त्र स्थापनाको मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा विसं २००६ मा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसका बीच एकता भएपछि विसं २००७ को क्रान्ति सफल भएको बताइन्छ।
नेपाली कांग्रेसका लागि बिपि उर्जाका स्रोत भएको बिपिका विचार, बिपीका सिद्दन्त बोकेको कारण आजको दिनलाई सम्झाना गरी नेपाली कांग्रेस रौतहटले जन्मजयन्ती मनाएको कांग्रेसका महाधिवेशन प्रतिनिधि चिरञ्जीवि सिंहले बताए ।
बीपीको विसं २०३९ साउन ६ गते निधन भएको थियो । कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’, एवं ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा संग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छ ।
प्रादेशिक अस्पताल गौरमा बिरामीहरुलाइ फलफुल बितरण कुनै ठुलो राहत नभएको बिपिको सम्झना गरीएको नेपाल महिला संघका रौतहट अध्यक्ष अन्जु झाले बताइन ।
कार्यक्रममा नेपाली कांग्रेस पार्टीका जिल्ला सभापति सुनिल यादव (जितेन्द्र), जिल्ला समन्वय समितिका सभापति राम अयोध्या यादव, नेपाल मुस्लिम संघका जिल्ला सभापति मो. अब्दुल्लाह, नेपाल महिला संघको अध्यक्ष अन्जु झा, कांग्रेस महाधिवेशन प्रतिनिधि चिरञ्जीवि सिंह, माधव नारायण नगरपालिकाका नगरप्रमुख बैजु यादव, कटहरिया नगरपालिका नगरप्रमुख अजय प्रकास जयसवाल, दुर्गाभगवती गाउँपालिकाका पुर्व अध्यक्ष अरुण साह लगायत जिल्ला कार्यसमितिका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।