Thursday, January 23, 2025

आम संचार नीति सुधार गर्न रौतहट र सर्लाहिका पत्रकार संग अन्तरकृया

पछिल्लाे समाचार


रौतहट, ३० भदौ । मधेश आमसंचार नीति सुधारको बिषयमा रौतहटको चन्द्रपुरमा अन्तरक्रिया सुरु भएको छ ।
द एसिया फाउन्डेसनद्वारा चन्द्रपुर स्थित गौतम होटलमा शनिबार आयोजित अन्तरक्रिया कार्यक्रममा रौतहट र सर्लाहीका संचारकर्मीहरु सहभागी उपस्थिति रहेको छ ।
अन्तरक्रियामा कार्यक्रमका संयोजक रोशन झाले सिभिल सोसाइटी र मिडियाको भुमिका बिषयमा प्रकाश पारेका छन ।
मिडिया काउन्सिलका कार्यबाहक अध्यक्ष कैलाश दासले मधेश सरकारले ल्याएको संचार ऐनमा निकै त्रुटीहरु रहेको हुदा लक्ष्य अनुसारको प्रतिफल नदेखिएको धारणा राखेका छन ।
नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष राजेश कर्णले मधेशमा संचार माध्यम र संचारकर्मीको अवस्था सम्बन्धमा कार्यपत्र प्रस्तुति गरेका थिए ।
आमसंचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, मधेश प्रदेश साँसद कनिष्ठ पटेल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शिव पुरी, रौतहट अध्यक्ष प्रेमचन्द्र झा, एसिया फाउन्डेसनका संचार अधिकृत आशा थापा र रबिना लुईटेल सहित संचारकर्मीहरुको सहभागिता रहेको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष राजेश कर्णको सेसनलाई सर्लाहीका संचारकर्मीले बहिष्कार गरेकाे सर्लाहीका एक संचारकर्मीले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु