गौर,२७ भदौ । पुर्व मन्त्री तथा आम जनता पार्टीका अध्यक्ष , संघिय सांसद प्रभु साह, लाई एक युवाले मुद्दा हालेका छन ।
जनता समाजबादि पार्टी नेपाल रौतहटका जिल्ला कार्यकारिणी समिती सदस्य तथा समाजवादी युवा संघ रौतहटका इन्चार्ज सन्जीव कुमार यादवले अध्यक्ष साह सहित केही आजपाका नेताहरु बिरुद्द मुद्दा दर्ता गराएका हुन ।
आजपाका नेता उपेन्द्र साह, अमर साह, चन्देश्वर साह र चन्द्रभुषण साह माथि जिल्ला अदालत रौतहटमा गाली बेइज्जतीको मुद्दा दर्ता भएको हो ।
प्रभु साहको निर्देशनमा आफुलाइ घेरा हाली हातपात गर्नुको साथै गाली बेइज्जत गरि आफ्नो मान मर्यादा र प्रतिष्ठामा आंच पुर्याउने काम गरेको भन्दै जिल्ला अदालत गौरमा यादवले गाली बेइज्जतीको मुद्दा दिएको बताएका छन ।