रौतहट, २० भदौं । जिल्ला प्रहरी कार्यालय रौतहटको प्रमुख महेन्द्रकुमार श्रेष्ठले रौतहटका संचारकर्मी संग छलफल गरेका छन ।
प्रहरी प्रमुख एसपी श्रेष्ठले जिल्लाबासीलाई शान्ति र अमन चैनको वातावारण बनाउने प्रयासमा सबैको सकारात्मक सहयोगको अपेक्षा गरे ।
संचारकर्मीहरुको प्रश्नको जवाफमा उनले साधन श्रोतले भ्याए सम्मको कार्य गर्ने, यहाँका कमि कमजोरीलाई निस्तेज बनाउने, सकारात्क कार्यलाई सधै प्राथिमकता दिइने, सिमाबाट हुने चोरी तस्करी लगायतका विभिन्न अवाञ्छित क्रियाकलापलाई निरुत्साहित पार्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।
जिल्लामा यदाकदा देखिने अपराधका घटना हुन नदिन मातहतका युनिटहरुलाई सक्रिय बनाउने, मुस्कान सहितको सेवाहरु प्रवाह गर्ने , अपराध र समाजमा हुने विभिन्न खाले विकृति विसंगतिलाई निर्मूल पार्न संचारक्षेत्रको भुमिका महत्वपूर्ण रहने भएको भएकाले सुझाव सल्लाह दिन समेत आग्रह गरेका छन ।