रौतहट, ३० गते भदौ । शिवनगरमा राष्ट्रिय बाल दिवसको अवसरमा डोम समुदायका बालबालिका तथा अभिभावक लाई सम्मान गरिएको छ ।
शनिबार जिल्लाको गरुडा नगरपालिका-५,स्थित कृषि उपकेन्द्र शिवनगरमा आयोजित कार्यक्रममा बालबालिका लाई नियमित विद्यालय पठाउने अभिभावकलाई सम्मान गर्दै विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
कार्यक्रम डोम समुदाय विकास केन्द्र रौतहटको अध्यक्ष विजय मलिको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि माधव नारायण नगरपालिका -३ का वडा अध्यक्ष राजकुमार यादवले शिक्षामा अझैपनि डोम समुदाय पछाडी रहेको धारणा राखेका छन ।
डोम समुदायले पनि आफुलाई परिवर्तन गर्दै शिक्षा स्वास्थ्य , तथा आफ्नो बिकाशमा ध्यान दिनुपर्ने बताए ।
कार्यक्रमका वक्ताहरुले शिक्षामा डोम समुदायका बालबालिकाको पनि समान पहुँच पुर्याउनु पर्ने , समाज , विभिन्न दल र सनमाजिक संघसस्थाहरुले साथ सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रमको अन्त्यमा विद्यार्थीले नृत्य गायन लगायतका आफ्ना प्रतिभा प्रस्तुत गरेका छन ।
अध्यक्ष विजय मलिले सवैको साथ र सहयोग भए डोम बाल बालकालिकाको शिक्षाको अधिकार सुनिस्चित हुने धारणा राखेका छन।
कार्यक्रममा प्रमुख अतिथी माधवनारायण न पा वाडा न 2 को वाडा अध्यक्ष राजकुमार यादव , बिशिस्ट अतिथी सिरहा जिल्ला बासी डोम समुदायका अध्यक्ष रामचन्द्र मली अतिथीहरु दलित अगुवा जगलाल पासवान ,रामाज्ञा रामलगाएत दलित अगुवा तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम लाई सफल पार्न विभिन्न क्षेत्रका ९ जना सहयोयीहरुले आर्थिक सहयोय गरेका थिए ।