Sunday, January 26, 2025

बाल दिवसको अवसरमा अन्तरविद्यालय नृत्य प्रतियोगिता

पछिल्लाे समाचार


मुकेश कुमार साह ,रौतहट २९ भदौ । रौतहटको चन्द्रपुरमा शुक्रबार अन्तरविद्यालय नृत्य प्रतियोगिताको आयोजना गरि बाल दिवस मनाईएको छ । ५९ औँ बालदिवसको अवसरमा चन्द्रपुर-६ स्थित बालनिकेतन माविको प्राङ्गनमा प्रतियोगिता आयोजना गरी बाल दिवस मनाईएको हो । प्रतियोगितामा चन्द्रपुर नगर प्याव्सनमा आवद्ध विद्यालयका बिधार्थीहरुले भाग लिएका थिए । प्रतियोगितामा नमुना इंगलिस आवसीय बिद्यालय प्रथम,बालनिकेतन मा.वी दोस्रो र चन्द्रज्योति इंगलिस आवसीय बिद्यालय तेस्रो स्थान हासिल गरे ।
बिजेतालाई ट्रफी सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।
कार्यक्रमको उद्घाटन मधेश प्रदेशका सामाजिक बिकाश राज्यमन्त्री सेख अब्दुल कलाम आजाद (फुलवावु)ले गमलामा पानी हालेर गरेका थिए । कार्यक्रममा प्याव्सनका प्रदेश अध्यक्ष दिपक रेग्मी ,नगर अध्यक्ष लोक बहादुर श्रेष्ठ , नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरी लगायतले शुभकामना राखेका थिए । निजी तथा आवसीय विद्यालय अर्गनाईजेन नेपाल (प्यावसन) मधेश प्रदेश अध्यक्ष दिपक रेग्मीको अध्यक्षता र मधेश प्रदेशका सामाजिक बिकाश राज्यमन्त्री सेख अब्दुल कलाम आजाद(फुलवावु) को प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सञ्चालन विजय उप्रेती र रोशनी तमाङ्गले गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शिव पुरी तथा राज्यमन्त्री फुलवावुलाई दोसल्ला ओठाई सम्मान गरिएको थियो । पत्रकार पुरी र राज्यमन्त्री फुलवावुलाई समाज र समग्र रौतहटको पहिचान बढाउन खेलेको भूमिको कदर गर्दै सम्मान गरिएको हो । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ देशभर आज बाल दिवस मनाइएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु