रौतहट ९ असोज। सडक गुणस्तरहिन हुदा तीन महिना नबित्दै भत्कन थालेको छ ।
देवाहि गाेनाही नपाको मलङ चौक देखि देवाही जाने बाटोमा निर्माण भएको सडक भत्कन थालेको हो ।
सडकका ठेकेदार नागेन्द्र साहले तीन महीना अघि कालो पत्रे गरेका थिए ।
उक्त कालोपत्रे सडक डिभिजनको प्रबिधिकको मिलोमतोमा सडक गुणस्तरहिन बनेको सरोकारवालाहरुको भनाइ छ ।
सो सडकमा दुर्घटनाको जोखिम उच्च रहेकोले सम्बन्धि निकायले चासो देखाउनु पर्ने स्थानियले माग गरेका छन ।