रौतहट, ३० भदौं । दुई पक्ष बिच विवाद हुदा रौतहटको कटहरिया नगरपालिकामा धारिलो हतियार प्रहार गरेर युवकको हत्या गरिएको छ ।
कटहरिया नगरपालिका वडा नम्वर ५ मा विवाद पछि झगडा पछि धारिलो छुरा प्रहार हुदा २५ बर्षिय सुनिल राय यादवको शुक्रबार राति हत्या भएको हो ।
खानेपानी कार्यालय नजिकै सुनिल यादव को दाजुभाई र अर्को पक्षबीच भनाभन हुँदै झड्प सुरुभएको थियो । झडपको क्रममा सुनिल यादवको देब्रे कोखामा धारिलो हतियार छुरी प्रहार गरेपछी यादव अचेत भएका थिए ।
उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कटहरिया लैजाँदा चिकित्सकले मृत घोषणा गरेको इप्रका कटहरियाका प्रहरी नायव निरीक्षक रामछवेला यादवले जानकारी दिएका छन ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरले कटहरिया ५ का २५ वर्षिय बद्री साह सोनार र उनको काका बर्ष २३ का किसन साह लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनामा संलग्न रहेको आशंकामा थप तिन जना गरेर ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान बढाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
मृतक यादवको शव पष्टमार्टमका लागी प्रादेशिक अस्पताल गौरमा पठाएर अनुसन्धान भईरहेको इप्रका गरुडा डिएसपी ओमप्रकाश खनालले बताए ।