Wednesday, January 22, 2025

आरोप निराधार छ : वडा अध्यक्ष साह

पछिल्लाे समाचार


रौतहट २० भदौ । देवाही गोनाही नगरपालिका वडा नं.९ का वडा अध्यक्ष वीर बहादुर साहले आफु माथी लगाईएको आरोप निराधार रहेको बताएका छन ।
नाला निर्माणमा वडा अध्यक्षले मनपरी गरेको भन्दै वडा सदस्य खुबलाल दास र गौरीशंकर पंडितले आफनो नाम जोडी वडावासीमा झुठाे भ्रमक छरिरहेको आरोप वडाअध्यक्ष साहले लगाएका छन ।
धरहरीमा नाला निर्माणको सम्पुर्ण जिम्मेवारी वडा सदस्य गौरीशंकर पंडितले लिएर निर्माण कार्य शुरु गराएको र केही ठाउँमा विवाद हुदाँ नालाको काम रोकिए पछि त्यस्को सबै दोस आफु माथि लगाएको वडा अध्यक्ष साहले बताए ।
वडा अध्यक्ष साहले पत्रकार सम्मेलन मार्फत आफू लाई उपभोक्ता समितिले गरेको नाला निर्माणकार्य लाइ जोडेर बदनाम गराउने षड्यन्त्र गरेको उनको भनाइ छ ।
वडा सदस्यहरु ले बजेटको भागवण्डा नमिल्दा विपक्षीसंग मिलेर आफू माथी षड्यन्त्र गरेको उनको भनाइ छ ।
अध्यक्ष साहले नाला निर्माणको क्रममा सडकको उत्तरपट्टी रामज्ञा ठाकुरको घर देखि शुरु गरिएको नाला नारायण साह कानुको घर संम्म निर्माण कार्य भएको र बिचको एक ठाउँमा बिधुत्तिय पोलका कारण काम रोकिएको भन्दै त्यसबारे पनि जनतामा गलत भ्रम फैलाउन वडा सदस्य सक्रिय भएको बताए ।
दक्षिण तर्फ रुदल पंडितको घर सम्म नाला निर्माण भएको र मुख्य नाला संग जोडनका लागि स्थानिय तेजनरायण साहको घर एलैनिमा परेको हुदाँ घर भत्काई नाला निर्माण गर्नु पर्ने स्थानियहरुको भनाई पछि काम रोकिएको अध्यक्ष साहले बताए ।
सडकको दक्षिण तर्फ रहेको एलानी जग्गामा तेजनरायण साहले घर नहटाउदाँ निर्माण कार्य रोकिएको र त्यो विवादबारे जिल्ला अदालतमा मुद्दा चलिरहेको अध्यक्ष साहले बताए ।
अध्यक्ष साहले वडामा कृषकलाइ विधुतिय पोल ,समय समयमा किसानलाइ मलखाद, बीउ ,विजन, एक्सप्रे टंकी ,बाटोघाटो, नाला निर्माण, स्वास्थ्य चौकीको मर्मत र वडा कार्यालयमा रंग रोगन गरि सञ्चालन लगायतको कामहरु गरेको दाबि गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु