रौतहट, ३ असोज । आम जनता पार्टीले संविधान दिवसलाई संविधानको अन्त्येष्टि रुपमा लिएको छ ।
आम जनता पार्टीद्वारा जारी गरिएको विज्ञप्तीमा आज संविधान दिवसको दिन आजपाद्वारा वर्तमान संविधानको विरोधमा विभिन्न कार्यक्रम गरेको छ ।
“संविधान दिवसलाई जनस्तरबाटै बहिष्कार गरौँ ! देश बचाउन नयाँ व्यवस्था निर्माण गरौ !” भन्ने मुल नाराका साथ बिरगंजमा संविधानको अन्त्येष्टि यात्रा लिकालेका थिए । रौतहटको चन्द्रपुरमा आम बिधार्थी मोर्चाको नेतृत्वमा संविधानको अन्त्येष्टि यात्रा गरेका छन ।
आईटी आर्मीको आयोजनामा काठमडौंमा “नेपालको संविधान ः साधक कि बाधक“ विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ ।
जनकपुर, राजबिराज, बिराटनगर लगायतका विभिन्न शहरहरुमा बिरोध रयालीहरु निकालिएको छ ।
देशमा अस्थिरता ल्याउने, वैदेशिक हस्तक्षेप बढाउने, दलको नेतालाई राजा बनाउने, संघीयतालाई विफल गर्ने, अर्थतन्त्रलाई धरासायी बनाउने, किसान र व्यवसायीलाई आत्महत्या गर्न बाध्य बनाउने, युवा तथा विद्यार्थीहरुलाई देश छोडेर विदेश जान विवस गर्ने, शिक्षा र स्वास्थ्यको स्थिति जर्जर बनाउने जस्ता समस्या बढ़ाउने यो संविधानको औचित्य नरहेको विज्ञप्तीमा भनिएको छ ।
यस्ता संविधानलाई जनस्तरबाटै बहिष्कार गरौँ र आम जनताको गणतन्त्र निर्माण गरौ भन्ने नाराका साथ कार्यक्रम भएको थियो ।