Wednesday, January 22, 2025

श्रीराम सुगर मिल्स बिक्रीहुन थालेपछि खवरदारी

पछिल्लाे समाचार


रौतहट, २२ साउन । श्रीराम सुगर मिल्सको जमिन र उपकरण लिलाम प्रकृया शुरु गरेपछि उखु उत्पादक संघको अगुवाईमा गौरमा प्रदर्शन भएको छ ।
प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएकाे छ ।
उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवको अगुवाई पूर्व राजदूत डा. वंशिधर मिश्र, नेपाली काँग्रेसका जिल्ला सभापति एवं प्रदेश साँसद सुनिलकुमार यादव, प्रदेश साँसद शोभा देवी साह, किशोरी यादव, देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह, वृजकिशोर यादव, सुनिल यादव, रामनारायण यादव, दिपक यादव, रामभरोस यादव, रामचन्द्र गिरी, अनिल यादव, रामेश्वर यादव, युवा नेता राजकुमार दास तत्मा, उद्योगी, व्यापारी, किसानहरुले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाएका छन ।
अनाधिकृत रुपमा हजारौ उखु किसानको भबिश्य लाई चोर बाटो भएर लिलाम गरिएकोमा तत्काल रद्द गरेर श्रीराम सुगर मिल्सलाई पुन ः संचालनमा ल्याउन माग गरिएको छ ।
सो जग्गालाई कुनै पनि हालतमा विक्री गर्न नदिने चेतावनी दिदै वक्ताहरुले पाँच दिन भित्र राज्यबाट उचित सम्बोधन नभए आउदो २७ गते चिनी मिल्स गरुडामा वृहद भेला मार्फत संघर्षका कार्यक्रम तय गरिने बताइएको छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले उखु उत्पादक संघद्धारा ज्ञापन पत्र बुझाएको र सम्बन्धीत निकायमा पठाइसकेको जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु