Wednesday, January 22, 2025

मलखाद चोरी गरेको आरोपमा ५ जना पक्राउ

पछिल्लाे समाचार


रौतहट ३१ साउन ।अपराधिक विश्वासघात र चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा मानिस पक्राउ परेका छन ।
साउन १४ गते अशोक विनायक ट्रान्सपोर्ट कम्पनी मार्फत ४ सय २० बोरा युरिया मलखाद कृषि सामाग्री कम्पनी लिमिटेड विरगंजबाट शाखा कार्यालय चन्द्रनिगाहपुर रौतहटमा ल्याउनको लागी ना ६ ख ९१९२ नम्बरको ट्रकमा लोड गरी पठाएकोमा उक्त मलखाद चन्द्रनिगाहपुर नपुयाएपछी सो ट्रकका चालक वर्ष २८ को हरिकान्त पासवानलाई सम्पर्क गर्दा जिल्ला रौतहट गुजरा न. पा. वडा नं. २ स्थित मैरा कटानीको जंगल नजिकमा ट्रक विग्रिएकोले ट्रक बनि सकेपछी चाडै पुन्याई दिन्छु भनेकोमा चालक पासवानले उक्त मलखाद २६ गते सम्म पनि सम्बन्धीत स्थानमा नपुयाई सम्पर्क बिहिन भएको जानकारी भएपछि प्रहरीले खोजी गरेको थियो ।
अनुसन्धान गर्ने क्रममा समान सहित आरोपिलाई पक्राउ गरि अपराधिक विश्वासघात र चोरी तथा डाँका सम्बन्धि कसुरमा जिल्ला अदालतबाट म्याद थप भइ थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले रौतहट चन्द्रपुर न.पा.वडा नं. ४ स्थितबाट ना ६ ख ९१९२ नम्बरको ट्रक र चन्द्रपुर नगरपालिका वडा नं. ९ डुमरियाबाट नम्बर प्लेट अनटेष्ट रहेको आइचर कम्पनिको टेक्टर बरामद गरेको छ ।
रौतहट बृन्दावन न.पा. वडा नं. ६ कमलपट्टीका २८ वर्षका हरिकान्त पासवान, गुजरा न.पा. वडा नं. ९ सिमरा भवानिपुर का ४२ वर्षिय कृष्ण चौधरी , सोही ठाउका ५० बर्षिय लक्ष्मण चौधरी, २१ बर्षिय छोटेलाल बैठा , गुजरा २का ३० बर्षिय मुकेश महतो लाई प्रहरीले पक्राउ गरेको डिएसपी उमाशंकर प्रसाद यादवले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु