Wednesday, January 22, 2025

रौतहटका केही टोल डुवानमा

पछिल्लाे समाचार


रौतहट २३ साउन । वागमती, लालबकैया नदी सहित जिल्लाका अन्य नदि तथा खोलाहरु मा पानीको सतह बढेको छ ।
वागमती नदीमा आएको बाढिबाट दुर्गा भगवती गाउँपालिका र यमुनामाई गाउँपालिका को सयौं विगहा खेति गरिएको जग्गा डुबानमा परेका छन ।
दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ मत्सरी गाउँ भन्दा दक्षिण भएर बागमतीको बाढी प्रवेश गरेको छ । बाढीले धान खेत डुबानमा परेको छ ।
गौर गंगापिपरा सडक खण्डको दुबै तर्फ बाढीको पानी बढेको छ ।


झाझमा आएको ठूलो बाढी आएकोले सतर्क रहन आग्रह गरिएको छ ।
वागमती नदीको बाढीले दुर्गा भगवती ३ र ५ मा बाँधलाई क्षति पुर्याउने सम्झावना बढि रहेको स्थानीयले बताएका छन ।
लाल बकैया नदीमा पनि ठूलो पानी आएको हुँदा खोला किनारमा नजान तथा सम्भावित बाढिबाट जोगिन स्थानीय तह र स्थानीय प्रशासनले आग्रह गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु