Thursday, January 23, 2025

भन्सार छलेको कपडा बरामद

पछिल्लाे समाचार


रौतहट, २८ साउन । अबैध रुपमा नेपाल भित्रयाइएकाे लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरेको छ ।
यात्रुबाहक बसमा राखेर काठमाडौं तर्फ लैजाने क्रममा शुक्रवार राति सशस्त्र प्रहरीले कपडा बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल ११ नम्वर गण रौतहटलाई प्राप्त विशेष सुचनाको आधारमा गएराति गौर चन्द्रपुर सडक खण्ड अन्तर्गत यमुनामाई गाउँपालिका ५ स्थित ईद्रिस गेट नजिकमा गौरबाट काठमाडौं तर्फ जाँदै गरेको ना.४ ख. ५१४४ नम्वरको यात्रुबाहक बसलाई चेकजाँच गर्दा २१ लाख ६४ हजार मूल्य बराबरको लत्ताकपडा बरामद भएको ह‍ो ।
यात्रुबाहक बसको छतमा लत्ताकपडाहरु लुकाई छिपाई अबैध रुपमा भन्सार छली गरेर नेपाल भित्रयाई काठमाडौं तर्फ लैजाने क्रममा सुराकीको आधारमा बरामद गर्न सफल भएको सशस्त्र प्रहरी बल नेपाल ११ नम्वर गणका एसपी माधव रेग्मीले जानकारी दिए ।
धादिङ का २७ बर्षिय बस चालक राजकुमार लामा र रौतहट वृन्दावन नपा ७ का २१ बर्षिय सह चालक मिराज अन्सारीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि कपडा सहित गौर भन्सार कार्यालयमा बुझाइएको एसपी रेग्मीले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु