रौतहट २८ साउन । दलित तथा बिपन्न बर्गका बालबालिकाहरु लाई बिगत नौ बर्ष देखि एक महिलाले निशुल्क टियुसन पढाउदै आएकि छन ।
चोचा गाउमा सिलाइकटाइको काम गरेर गुजारा चलाउदै आएकि निर्मला चौधरीले नौ बर्ष देखि निशुल्क पढाउदै आएकि हुन ।
गुजरा नगरपालिका वडा नम्बर २ चोचा को सामुदायिक घरमा ,नेपाल राष्ट्रिय मुसहर संघ रौतहट को समन्वय मा टियुसन कक्षा संचालन गरिएको छ ।
हाल करीव एकसय बालबालिकाहरुले टियुसन पढिरहेको संघका रौतहट अध्यक्ष बिनोद माझी मुसहरले बताए ।
मुसहर सामुदाय पुस्तौंदेखि शिक्षा वाट बन्चित भएको अवस्था मा स्थानीय, प्रदेश ,केन्द्र सरकार ले सहयोग गर्नु पर्ने उनीहरुको माग छ ।
मुसहर, गरिब ,दलित , बालबालिका लाई शिक्षा को उज्यालो बाटो मा लैजाने एक युवा सकृय छन ।
मुसहर समुदाय को बालबालिका हरु विभिन्न समस्या बाट पिडित रहेकाले सवै किसिम को सहयोग गरीदिन मुसहर संघका अध्यक्ष बिनोद माझीले आग्रह गरेका छन ।