रौतहट १२ भदौ । भ्रष्ट्रचार,अनियमिता र काममा हुने ढिलासुस्तीको बिरुद्ध सकृय रुपमा आवाज उठाउने निर्णय गर्दै तीन दिने प्रशिक्षक प्रशिक्षण मंगलबार सम्पन्न भएको छ ।
नेकपा एमाले रौतहटको स्कुल बिभागको आयोजनामा भएको उक्त तालिम आइबारबाट शुरु भइ मंगलबार रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ ।
उक्त तालिमको पहिलो दिन नेकपा एमालेका केन्द्रिय सचिब तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले नेकपा एमाले बिधि,बिधान र पद्धति अनुरुप चल्ने पार्टी भएको बताएका थिए ।
केन्द्रिय सचिब भट्टराईले नेकपा एमालेलाई कमजोर पार्ने, घेराबन्दी गर्ने र कथित गठबन्धनको नाममा देशमा लुट मच्चाउने प्रवृत्ति र कम्युनिष्ट पार्टीको नाममा नेपाली कांग्रेसको पुच्छर समातेर बैतरणी तर्ने सोच राख्ने प्रवृत्तिको भण्डाफोर गर्न समेत नेता कार्यकर्ताहरु लाई आवह्वान गरेका छन ।
यस्तै नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा रौतहट इन्चार्ज पुरुषोतम पौडेलले नेकपा एमाले रौतहट जिल्लामा एउटा अग्रगामी, कृयाशिल, प्रतिष्पर्धी, जनपक्षिय तथा देशभक्तिपूर्ण पार्टी निर्माण गर्ने संकल्प गरिरहेको बताए ।
उनले नेता कार्यकर्तालाइ सकृयतापूर्वक लाग्न पंक्तिलाई हार्दिक अपिल गरेका छन ।
यसैगरी नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रशिक्षक उद्धब रेग्मीले रौतहट जिल्लाको बिकाशको मोडलबारे जानकारी गराएका थिए । रौतहटका विभिन्न पालिकाका ८० जनाभन्दा बढि नेता कार्यकर्ताहरु कार्यक्रम सहभागी थिए ।
नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् रौतहट जिल्ला इन्चार्ज पुरुषोतम पोडैल , केन्द्रिय सदस्यहरु उद्धव रेग्मी, प्रचार बिभागका अरविन्द सिंह ,, मधेस प्रदेश उपाध्यक्ष रेवती पन्त , केन्द्रिय स्कुल विभाग सदस्यहरु सुन्दर लामिछाने, शंकर महत्तोले प्रशिक्षण दिएको स्कुल विभाग रौतहटका सदस्य टेकनाथ खरेलले जानकारी दिए । प्रशिक्षणमा प्रशिक्षकहरुले पार्टीको निति, विधि , सिद्धान्त, माक्र्सवाद, जनताको वहुदलिय जनावद, विकास र समृद्धि, जनआचरण , प्रविधिको प्रयोग लगायतको विषयमा सहभागिहरुलाई प्रशिक्षण दिएको स्कुल विभाग रौतहटका प्रमुख बाबुराम दाहालले जानकारी दिएका छन ।
विभिन्न समयमा भूलवश नेकपा एमाले छोडि विभाजित पार्टी नेकपा एकीकृत समाजवादी सहित विभिन्न पार्टीमा जानुभएका इमान्दार कम्युनिष्ट नेता तथा कार्यकर्तालाई आफ्नो घर नेकपा एमालेमा फर्कन आव्हान गर्ने, नेकपा एमाले रौतहट जिल्लाको विकास र समृद्धिको योजना सहित अघि बढ्न चाहेकोले रौतहट जिल्लाका , बुद्धिजीवीहरू तथा रौतहटको विकास र समृद्धि चाहने महानुभावहरुलाई आवश्यक सुझाव दिइ सहयोग गर्न अनुरोध गर्ने, छोराछोरीलाई भेदभाव नगरी विद्यालय पठाउने , आफ्ना सन्तानलाई विद्यालय नपठाउने अभिभावकलाई पठाउन प्रेरित गर्ने सहभागी बिच प्रतिबद्धता भएको स्कुल बिभाग प्रमुख दाहालले जानकारी दिए ।
यसैगरी आफुलाई अस्वस्थ पार्ने कुनै गतिविधि तथा कार्यहरू नगर्ने,सरसफाइको आधारभूत नियमहरुको पालना गर्ने र गराउने, कृषकहरुको हकहितको लागि निरन्तर आवाज उठाउन, आफूलाई पनि उत्पादनसँग जोड्ने, समाजमा व्याप्त सबैखाले विभेद, अन्धविश्वास, सामाजिक विकृति, विसंगति विरुद्ध अभियानको नेतृत्व गर्ने, मिटर व्याज पिडितहरुको पक्षमा वकालत गर्ने जस्ता प्रतिबद्धता भएको उनले जानकारी दिए ।
,बकैया, बागमती , झाझ, चाँदी खोला लगायत साना ठुला नदीहरुले जिल्लामा निम्त्याउने बाढी तथा डुबानजन्य दैवि प्रकोपका कारणहरु पत्ता लगाइ त्यसको अल्पकालीन र दीर्घकालीन समाधानको लागि प्रयास गर्ने, सदैव पिडितहरुको पक्षमा उभिने प्रतिबद्धता एमाले रौतहटले जनाएको छ ।
तालिममा पार्टीको निति,नियम,जबजको सिधान्त,कानुन तथा सुचनाको प्रयोग लगायत महत्वपुर्ण बिषयमा गहन अन्र्तरक्रिया तथा प्रशिक्षण भएको नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रशिक्षक उद्धब प्रसाद रेग्मीले जानकारी दिएका छन ।
उक्त प्रशिक्षक प्रशिक्षण तालिममा रौतहट जिल्लाभरीका ८० जनाको सहभागिता रहेको थियो । स्कुल बिभागको केन्द्रिय कार्यक्रम अनुसार ७७ जिल्ला मध्ये रौतहटमा पहिलो तालिम संचालन भएको नेकपा एमाले प्रदेश कमिटि उपसचिब आरती भण्डारीले जानकारी दिएकी छिन ।
कार्यक्रमबाट २०८४ मा हुने निर्वाचनमा नेकपा एमालेलाई देशकै पहिलो पार्टी बनाउने बाटो देखाएको र आफुहरु अब रौतहटमा पनि एमालेलाई पहिलो पार्टी बनाउन टोलटोलबाट लाग्ने सहभागि हरुले प्रतिबद्धता व्यक्त गरेका छन ।