रौतहट १४ भदौ । उखु किसानलाई भुक्तानी गर्नुपर्ने रकम सरकारले नपठाउँदा रौतहटका उखु किसान मर्कामा परेका छन् ।
सरकारबाट अनुदान पाउँदै आएको रकम सरकारले पठाउन ढिलाइ गर्दा किसानहरू समस्यामा परेका हुन् ।
गत आर्थिक वर्षमै पाउनुपर्ने करोडौं रुपैयाँ किसानले अहिलेसम्म पाउन सकेका छैनन् ।
रौतहटको गढीमाई नगरपालिका २ का अगुवा उखु किसान कामेश्वर सहनीले नेपाल सरकारबाट अनुदानमा पाउनुपर्ने करिब तीन लाख रुपैया नपाउँदा मलखाद किन्न समस्या भइरहेको बताए ।
नगदे बालीको रुपमा नेपाल सरकारले नै वर्गीकरण गरेको उखुको मूल्य नेपाल सरकारले पहिले चिनी उद्योगहरुले किसानहरुलाई समयमा भुक्तानी नगर्दा धान खेती तथा उखु खेतीमा लगानी गर्न समस्या भएको उनको भनाइ छ ।
उखु बेचेको चिनी मिलले सबै भुक्तानी समय तालिकाअनुसार दिइसकेको तर, नेपाल सरकारले दिनुपर्ने भुक्तानी अझै नदिको किसानको गुनासो छ ।
रकम नपाउदा खेतीपाती र घर व्यवहार चलाउन निकै समस्या भएको अर्का किसान नरेन्द्र ठाकुरको भनाइ छ। संग ठाकुरले सरकारबाट अनुदानमा पाउनुपर्ने करिब दुई लाख रुपैयाँ बाँकी छ ।
सर्लाहीको हरिओनमा रहेको इन्दु शङ्कर चिनी उद्योगलाई उखु किसानले उपलब्ध गराएको उखुमध्ये नेपाल सरकारले किसानलाई १९ करोड ७४ लाख ३९ हजार ९ सय १० रुपैयाँ ५० पैसा अनुदान रकम भुक्तानी दिन बाँकी रहेको उद्योगका केन म्यानेजर योगनारायण रजकले जानकारी गराए ।
गत बर्ष सिजनमा २८ लाख २० हजार ५७० १५ क्विन्टल उखु इन्दु शङ्कर चिनी उद्योगले खरिद गरेको थियो ।
जस बापत उद्योगले उखु किसानलाई १ अरब ५० करोड ८९ लाख ८४ हजार ७४३ २५ रुपैयाँ भुक्तानी गरिसकेको म्यानेजर रजकले जानकारी गराएका छन् ।