Wednesday, January 22, 2025

साथि सहकार्यद्वारा संचालित अभियान मार्फत संकलित रकम मृगौला पिडित माझि परिवारलाइ हस्तान्तरण

पछिल्लाे समाचार


निजगढ,२९ श्रावण । निजगढ वडा नम्बर ८ कि मृगौला पिडित अन्जली माझिको सहयोगार्थ साथि सहकार्य युवा क्लब निजगढले संचालन गरेको अभियान मार्फत संकलित १ लाख ७ हजार ६ सय ३६ रुपैंया संकलन भएकोछ । आर्थिक अवस्था कमजोर रहेकी अन्जलिको उपचारमा समस्या भएपछी साथि सहकार्यले सांगीतिक प्रस्तुति र सामाजिक संजाल मार्फत सहयोग संकलन अभियान संचालन गरेकोथियो ।
साथि सहकार्यले निजगढ नगरपालिकाको बिभिन्न बजार क्षेत्रहरुमा सांगीतिक प्रसुतीको आयोजना गरेकोथियो। अभियान मार्फत संकलित ५० जहार ५ सय ५७ रुपैंया यस अघि अन्जलिकी आमा शर्मिला कुश्वारलाइ हस्तान्तरन गरिएकोथियो भने बँकी ५३ हजार ५ सय ६१ रुपैंया क्लबका सदस्यहरुले हस्तान्तरण गरेको अध्यक्ष बिपुल लामाले बताउनुभयो । अन्जली हाल काठमाडौंको बिर अस्पतालमा उपचाररत छिन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु