Thursday, January 23, 2025

सरकार र गौर हत्याकाण्डका पीडितबीच सहमति

पछिल्लाे समाचार


रौतहट २३ साउन । सरकार र गौर हत्याकाण्डका पीडितबीच सहमति भएको छ ।
मंगलबार गृह मन्त्रालयमा भएको पीडित संघर्ष समिति र सरकारबीचको वार्तामा पाँचबुँदे सहमति भएको छ।
सहमतिसँगै संघर्ष समितिले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ ।
घटनाको छानबिन गरेर दोषीलाई कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने, घटनामा मृत्यु भएकाहरुको स्मृतिमा शहीद स्मारक स्तम्भ बनाउने, घाइतेहरुको उपचार र आर्थिक सहायताका लागि अनुरोध गर्ने लगायत बिषयमा सहमति भएको छ ।
सहमतीमा सरकारको तर्फबाट गृह मन्त्रालयका सह सचिव नारायण प्रसाद भट्टराई र संघर्ष समितीक‍ा अध्यक्ष रुपसागर देवी उपाध्याय ले हस्ताक्षर गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु