रौतहट १४ भदौ ।बृक्षारोपणको नाममा खर्च भएको करौडौ रकम रौतहटमा प्रभाव बिहिन भएको छ ।
डिभिजन वन कार्यालय रौतहट मार्फत करोडौ रकम खर्च भएको छ ।
जिल्लाका बिभिन्न सव डिभिजन कार्यालयका प्रमुख मार्फत हुने बृक्षारोपण को काम प्रभाावहीन भएको सरोकारवालाहरु बताउछन ।
जिल्लाको बागमतीमा रहेको दोभान सामुदायीक वनमा १५ लाखको लागतमा सहायक वन अधिकृत सुरेश महतोले गरेको बृक्षरोपणमा अहिले बिरुवा छैनन ।
गत साउन महिनामा करिव १० हेक्टर जमिनमा दोभान सामुदायीक वनको बागमती बगरमा गरिएको बृक्षारोपण उजाड बनेको छ ।
सव डिभिजन वन कार्यालय बागमतीका सहायक वन अधिकृत सुरेश महतोले बागमती बगरमा बृक्षारोपण गरे जस्तो गरेर लाखौ रकम सकेको स्थानिय बताउछन ।