Thursday, January 23, 2025

राज्यमन्त्री कलामद्वारा राैतहटकाे बाढी प्रभाबित गांउको निरिक्षण

पछिल्लाे समाचार

राैतहट २९ साउन । मधेश प्रदेशका उर्जा, सिँचाइ तथा खानेपानीका राज्यमन्त्री माे.अब्दुल कलाम आजाद ले बाढी प्रभाबित गाउको निरिक्षण गरेका छन ।
लालबकैया र बागमती नदीको कटानबाट भएकाे क्षति तथा व्यवस्थापनकाे निरिक्षणका लागि राज्यमन्त्री आजाद राैतहटका बिभिन्न ठाँउ पुगेका हुन् ।
राजपुर नगरपालिका वडा नं.९ अवस्थित बैरिया घाटमा भएको लगभग ८० मिटर कटानीलाई नियन्त्रण तथा मर्मत कार्य अन्तर्गत सिँचाइ कार्यालय राैतहटबाट राज्यमन्त्री माे. अब्दुल कलाम अजाद र प्रदेश सासद शाेभा देवीकाे पहलमा बाँधलाई तत्कालै मर्मतका लागि बाेरा र जाल लगायत अन्य सरसमाग्रीहरुकाे व्यवस्था गरिएकाे छ ।
त्यसैगरी, यमुनामाई गाउँपालिका वडा नं ३ मलहिनियामा रहेकाे लालबकैयाको तटीय क्षेत्रकाे लगायत अन्य बाढी ग्रसित क्षेत्रहरुकाे पनि निरिक्षण गरेका छन ।
निरिक्षणमा उर्जा, सिँचाइ तथा खानेपानी राज्यमन्त्री कलाम आजाद, प्रदेश सभा सदस्य माननीय शाेभा देवी, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव ललन यादव, समाजवादी युवा संघका अध्यक्ष पुन प्रताप पटेल, केन्द्रीय सदस्य उपेन्द्र यादव ,राजमन्त्रीका स्वकीय सचिव बिवेक प्रसाद यादव ,यमुनामाई गाउँपालिकाका अध्यक्ष माेहम्द साउद लगायत सिँचाइ कार्यालय राैतहटकाे टाेली सहभागी थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु