Wednesday, January 22, 2025

कांग्रेस सहमहामन्त्री चौधरीद्वारा लालबकैया नदी कटानको निरीक्षण

पछिल्लाे समाचार

निजगढ,२९ श्रावण । नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले निजगढ स्थित लालबकैया नदीले कटान गरेको क्षेत्रमा निरीक्षण गर्नुभएकोछ । लालबकैया नदीको बाढीका कारण महेन्द्र राजमार्गमा रहेको पक्की पुल नजिकको ड्याममा क्षति पुर्याएपछि निजगढ वडा नम्बर ८ र ९ संगै राजमार्ग र पक्कि पुल उच्च जोखिममा परेकोछ ।
सहमहामन्त्री चौधरीले क्षतिग्रस्त ड्यामको अवलोकन गर्नुहुदै ड्याम निर्माणकालागि शिघ्र पहल गर्ने बताउनुभयो । बिगतमा आफ्नै नेतृत्वमा बकैया नदीको तटवन्धन निर्माण गरि निजगढलाइ बाढीको जोखिमबाट जोगाएको बताउनुहुदै सहमहामन्त्री चौधरीले क्षतिग्रस्त ड्याम निर्माणकालागि पहल गर्ने जनाउनुभयो । अनुगमनमा मधेश प्रदेश सभा सदस्य माला लामा,निजगढका पुर्व मेयर सुरेश कुमार खनाल,बारा क्षेत्र नम्बर १ क को नेपालि कांग्रेसको तर्फबाट प्रत्यासी उम्मेदवार रमेश दंगाल लगायतको सहभागीता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु