Tuesday, January 21, 2025

चन्द्रपुरका मेयर लाई ५ दलले बुझाए ज्ञापन पत्र

पछिल्लाे समाचार


रौतहट १७ असार ।चन्द्रपुरका मेयर संजय काफ्ले संग बिभिन्न माग राखेर ५ दलका चन्द्रपुर नगरका नेताहरुले ज्ञापनपत्र बुझाएका छन ।
२०७२ सालमा संविधान सभाबाट संविधान निर्माण भएपछि संविधानले व्यवस्था गरेको तीन तहको सरकार मध्य स्थायी र जनता संग सिधै जोडिने एवं जनताले लोकतन्त्र अनुभुति गर्न पाउने सरकारको रुपमा रहेको स्थानिय तहको दोश्रो निर्वाचन सम्पन्न भएको पनि १ वर्ष पुरा भइसकेको यस विचमा पनि ३ वटा नगरसभा सम्पन्न भइसकेको र उक्त नगरसभाले पारित गरेको निति कार्यक्रम तथा बजेटको कार्यान्वयन, नगरको विकास, शुसासन, समृद्धि, सामाजिक न्याय, स्वास्थ, शिक्षा, आर्थिक विकास लगाएत कुनै पनि क्षेत्रमा जनताले अनुभूति गर्ने गरि प्रगति हुन नसकेको ज्ञापन पत्रमा उल्लेख छ ।
नगरलाई स्वस्थ र समृद्ध बनाउने र नगरवासीलाई सुखी र खुशी बनाउने नारा लिएर निर्वाचित भएका नगर प्रमुख लगाएत जनप्रतिधिहरु बाट जन अपेक्षा अनुरुप काम हुनुपर्नेमा बेथितिहरु बढ्दै गएको, सेवा प्रवाहमा ढिला सुस्ती, लापरवाही,, विकास निर्माणका योजना छनौट तथा कार्यान्वयनमा अपारदर्शिता, अनियमितता, योजना वितरणमा अनियमितता लगाएतका बेथितिमा चन्द्रपुर रुमलिएको बताईएको छ ।
नगरसभाबाट पारित गरिने निति कार्यक्रम तथा बजेट निर्माणको क्रमना नगरमा रहेका राजनितिक दलहरु एवं सरोकारवालाहरु कसैलाई पनि सहभागी नगराई मनोमानी ढंगले आ.ब. २०७९।०८० को आम्दानी खर्च तथा योजना कार्यन्वयनको सन्दर्भमा सार्वजानिक सुनुवाई समेत नगरिएको अवस्थामा नगरवासी जनतालाई गुम्राहमा राखी योजनाको भुत्तानी तथा खरिद अपारदर्शि तरिकाले गरिएको विषयमा नगरमा प्रतिनिधित्व गर्ने तथा क्रियाशिल राजनितिक दलहरुको गम्भिर ध्याने आकर्षण भएको पत्ररमा उल्लेख छ ।
उल्लेखित विषयमा प्रष्ट विवरण ७ दिन भित्रमा उपलब्ध गराउन माग सहित ज्ञापनपत्र पेश गरेको जनाईएको छ । आर्थिक वर्ष २०७९/०८० को निति कार्यक्रम र वजेट तथा सो को शंसोधन सहितको विवरण उपलब्ध गराउन ,आ.व. २०७८/०७९ को दायित्व सरिआएको योजना तथा कार्यक्रमको विवरण उपलब्ध गराउन । चालू आ.व. २०७९/८० को आन्तरिक श्रोत राजश्व बाँडफाड संघ र वित्तीय सामान्यिकरण, विशेष अनुदान, ससर्त अनुदान तथा समपुरक अनुदानबाट हाल सम्म के कति आम्दानी भयो ? र स्वीकृत बजेट मध्ये हाल सम्म चालू तथा पुँजीगत खर्च कति भयो सो को विवरण उपलब्ध गराउन । . नगरपालिकाको स्वीकृत दरवन्दी अनुसारको कर्मचारीहरुको विवरण र नगरपालिका अर्न्तगत रहेको शिक्षा, स्वास्थ्य, कृषी र पशु शाखा तथा मातहतमा रहेका सम्पूर्ण कर्मचारीहरुको विवरण उपलब्ध गराउन । आ.व. २०८०/०८१ को लागि सम्पन्न ११ औ नगरसभामा प्रस्तुत निति कार्यक्रम तथा बजेटको विवरण उपलब्ध गराउन माग गरिएको छ ।
सो ज्ञापन पत्रमा नगर सभापति नेपाली कांग्रेस चन्द्रपुर का मुकेश गिरी, नगर अध्यक्ष नेकपा एमाले चन्द्रपुरका शिव आचार्य,नगर सचिवालय सदस्य रा.स्व. पा. चन्द्रपुर उदय नारायण सापकोटा,नगर संयोजक नेकपा समाजवादी चन्द्रपुर वीर बहादुर रखाल, जनता समाजवादी पार्टि नेपालका कल्याण राउत ले हस्ताक्षर गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु