Wednesday, January 22, 2025

चन्द्रनिगाहपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन सम्पन्न,मतगणना सुरु

पछिल्लाे समाचार


मुकेश कुमार साह,रौतहट २७ जेठ । अगामी नयाँ नेतृत्व चयनका लागि चन्द्रनिगाहपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन शनिबार सम्पन्न भएको छ । निर्वाचनमा कुल ५५ प्रतिशत मत खसेको छ । जनज्योती बहुमुखी क्यामपसमा निर्वाचन स्थल रहेको थियो भने ३ वटा बुथ रहेको ।
कुल १८६३ मतदाता रहेपनि १ हजार २७ ले मात्र मतदानमा सहभागि जनाएका थिए । सवैभन्दा बढी वडा न. ४ बाट ४ सय ३५ र सवैभन्दा कम ६ नम्बरमा २ सय ३८ मत खसेको छ वडा न.५ बाट ३५४ मत खसेको निर्वाचन समितिका संयोजक कृती सुबेदीले बताए । विहान ८ बजे शुरु भएको मतदान कार्य साँझ ५ बजेसम्मका लागि समय तोकिएको थियो । सर्वदलिय बैठक बसेर सवा ७ बजे मतदान गर्ने सहमती भएपछी मतगणना सुरु भएको छ । निर्वाचनमा नेकपा (एमाले), नेपाली काङ्ग्रेस , नेकपा (एकीकृत समाजवादी) लगायतका दल मिलेर बाम लोकतान्त्रिक समुहबाट किशोर प्रसाद उपाध्यायको नेतृत्व समुहमा उम्मेदवारी परेको थियो ।
संस्थाको उपाध्यक्षका लागि डोल बहादुर ठाडा मगर,सचिवमा अवधेश हरी भट्टराई , कोषाध्यक्षमा बिनिता बख्रेल , सदस्यमा बृजेश प्रसाद साह(पंकज), प्रहलाद मैनाली,दुर्गा प्रसाद हुमागाई,राम प्रसाद साह, बलराम सापकोटा र भरत प्रसाद अधिकारी रहेका छन । यस्तै महिला सदस्यमा रत्न कुमारी खडका,कल्पना दाहाल र जानुका तिमलसिना उम्मेदवार बनेका छन ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा)ले लेखनाथ कोईरालाको नेतृत्वमा स्वतन्त्र प्यानल बनाएर चुनावमा भाग लिएका थिए । प्यानलले उपाध्यक्षमा बिश्वजित बन्जारा,सचिव रन्जन कुमार काफ्लेर कोषाध्यक्षमा मरछिया देवीलाई अगाडि बढाएका छन । खुल्ला सदस्यमा कुल प्रसाद अधिकारी,खड्ग बहादुर न्यौपाने,मुन्ना श्रेष्ठ गौतम,रामचन्द्र शिवाकोटी,नेहरुल नेसा,सत्यभामा अधिकारी ,महिला सदस्यमा जुनकीरी बि.क र यसोदा भटराईलाई अघि सारेका छ्न ।
लोकतान्त्रिक समुहका उपाध्यायको नेतृत्वले हास चुनाव लिएर उम्मेदवारी दर्ता गरेका थिए भने स्वतन्त्र समुहका कोईराला जेब्रा छाप लिएर चुनावमा उत्रेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु