Wednesday, January 22, 2025

भ्रष्टाचार र अनियमितता अन्त्य गर्न चन्द्रपुरमा आईटी आर्मीले बुझायो ज्ञापन पत्र

पछिल्लाे समाचार


रौतहट ३१ जेठ । चन्द्रपुरमा भ्रष्टाचार र अनियमितता बढेको भन्दै आईटी आर्मीले ज्ञापन पत्र बुझाएको छ । 
आम जनता पार्टी निकट युवा दस्ता आईटी आर्मीका केन्द्रीय उपाध्यक्ष सरोज कुमार बछार सहितको टोलीले बुधबार नगर प्रमुख सञ्जय कुमार काफ्ले समक्ष ज्ञापन पत्र बुझाएको हो।
पालिकामा भ्रष्टाचार र अनियमितता व्याप्त रहेको हुँदा त्यसतर्फ आफ्नो गम्भीर ध्यानाकर्षण भएको आईटी आर्मी चन्द्रपुर नगर समितिले बताएको छ।
नगर प्रमुख काफ्ले समक्ष विभिन्न तीनबुँदे माग सहित ज्ञापन पत्र पेश गरेको छ ।
  आईटी आर्मीले राखेको मागहरु सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको नेता बछारले बताए । 
नगरपालिकामा आर्थिक उत्पादनको श्रोत साधन सिमित रहेको, परम्परागत खेतीप्रणलीमा आश्रित कृषि रहेको, व्यापार व्यवसाय सुक्दै गएको, बेरोजगार गुणात्मक ढंगले बढिरहेको तथा मजदूरहरु बाध्यभएर  बैदेशिक रोजगार मा जानू परेको  संकटपूर्ण अवस्थामा जनता माथी अनावश्यक करको भार थुपार्ने र जनताको  पसिनाबाट निर्माण भएको सरकारी बजेटलाई केही मुठ्ठीभर निर्वाचित जनप्रतिनिधिहरुले आफु खुशी भागवण्डा गरि बाढ्ने कार्यले नगरको बिकास सम्भव नरहेको समेत उल्लेख छ ।
आइटी आर्मीले राखेका माग हरु : १. नगरपालिकाले शून्य कर नीति लागू गरोस अर्थात् जनताबाट उठाउने प्रत्येक कर माफ होस् । २. नगरपालिकामा बसोवास गर्ने सम्पूर्ण जनताको बिजुली र पानी महशुल फ्रि होस् । ३. यस नगरपालिकामा भइरहेको सम्पूर्ण भागवण्डा बन्द होस् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु