Wednesday, January 22, 2025

पर्सा निकुञ्जमा जनावरलाइ पानी खान कृतिम पोखरी निर्माण

पछिल्लाे समाचार

राष्ट्रिय निकुञ्जभित्र कृत्रिम पोखरीहरु निर्माण गरेर जनावर लाई पानी खान सुबिधा मिलाईएको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज अन्तरगत पथलैया निजगढ खण्डमा पनि वन्यजन्तुलाई पानी खान कृत्रिम पोखरी बनाइ पानीको व्यवस्था गरिएको छ ।

पानी ट्यांकरबाट कृत्रिम पोखरीमा पानी हालेर वन्यजन्तुको प्यास मेट्ने गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत सन्तोष भगत ले बताए ।

निकुञ्जमा ३० आरसीसी र ५० माटोका गरी ८० पोखरी बनाइएको छ ।

हल्खोरिया, मिनी हल्खोरिया तथा काली दहलाई पनि गणना गरिएको छ । निकुञ्ज कार्यालय रहेको आधाभार क्षेत्र तथा भेडाहा खोलादेखि महादेव खोलासम्मको क्षेत्रका कृतिम पोखरीमा पानी हाल्ने गरिएको छ ।

पर्सा, बारा र मकवानपुरमा गरी ६ सय २७ दशमलव ३९ वर्गमिटरमा फैलिएको निकुञ्जमा राप्ती र भाठा खोलाबाहेक अन्य खहरे खोलामा वर्षैभरि पानी हुदैन ।

निकुञ्जमा लौकी, कामिनी, हल्खोरिया र काली गरी चार प्राकृतिक दह छन् ।

वन्यजन्तुले पानी पिउन पनि लामो यात्रा गर्नुपर्ने भएकाले निकुञ्ज प्रशासनले केही वर्षयता कृत्रिम पोखरी निर्माणलाई प्राथमिकतामा राखेको उनले बताए ।

पर्सा राष्टिय निकुन्जमा ३७ प्रजातिका स्तनधारी, ४ सय ९० प्रजातिका चराचुरुंगी, १३ प्रजातिका सरिसृप र ३१ प्रजातिका पुतली रहेको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु