Friday, January 24, 2025

खानेपानी तथा सरसफाइमा माबि जुडिवेला उत्कृष्ठ

पछिल्लाे समाचार


चन्द्रपुर १९ जेठ । चन्द्रपुर नगरपालिका वडा नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइमा उत्कृष्ठ भएको छ । युनिसेफको सहयोगमा छाया नेपाल र पिपिसि नेपालको आयोजनामा भएको बिद्यालयको सरसफाइ तथा स्वच्छता खानेपानी सम्बन्धी कार्यशाला गोष्ठीमा माबि जुडिबेलालाइ नगद ३५ हजार सहित सम्मान गरिएको थियो ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका र बारागढी गाउपालिका रौतहटको चन्द्रपुर नगरपालिका र यमुनामाइ गाउपालिका सहित ४ वटा पालिकाको २२ वटा बिद्यालयहरु मध्ये माबि जुडिबेला माबि प्रथम भएको माबि जुडिबेलाका प्रअ युगल किशोर कुमारले जानकारी दिए ।
पुरस्कार चन्द्रपुर नगरपालिकाकी उप प्रमुख जयमाला चौधरीले हस्तान्तरण गरेकी थिइन ।
पुरस्कारले सरसफाइ तथा खानेपानी क्षेत्रमा अझ जिम्मेबार बनाएको  प्रअ युगल किशोर कुमारको भनाइ छ ।
  दोश्रो हुनेमा नेपाल राष्ट्रिय बिद्यालय कन्चनपुर बारा रहेको छ । सो बिद्यालयले २० हजार नगद पुरस्कार पाएको छ । यस्तै तेश्रोमा जनता आधारभुत पिप्रा बारा रहेको छ । सो बिद्यालयले भने नगद १५ हजार पुरस्कार पाएको छ । यसैगरी चौथो हुनेमा चन्द्रपुर नगरपालिका वाड नं. २ कै महेन्द्र माबि रहेको छ । महेन्द्र माबिले नगद १० हजार प्राप्त गरेको छ भने पाचौमा रहेको यमुनामाइ गाउपालिका जेठरहियाले ५ हजार नगद प्राप्त गरेको छ । कार्यक्रमकी प्रमुख अतिथि तथा चन्द्रपुर नगरपालिकाकी उप प्रमुख जयमाला चौधरीले खानेपानी तथा सरसफाइ क्षेत्रमा सरोकारवालाहरु अझ सक्रिय भएर लाग्नुपर्ने बताएकी छिन ।
हरेक बिद्यालयमा सुबिधा सम्पन्न शौचालय देखी लिएर स्वच्छ खानेपानीको ब्यबस्था अनिवार्य रहेको अबस्थामा युनिसेफले गरेको कामको  प्रशंसा भएको छ ।
कार्यक्रममा महेन्द्र माबि रैयाटोलकी प्रअ कमला थापा,बारागढी गाउपालिकाकी उपाध्यक्ष लक्ष्मी देबी राय,चन्द्रपुर नगरपालिका वाड नं. ८ का वाड अध्यक्ष जितेन्द्र चौधरी लगायतले खानेपानी तथा सरसफाइको बारेमा बोलेका थिए ।
छाया नेपालका कार्यकारी निर्देशक कमल थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पिपिसि नेपालका अध्यक्ष कमलेश मण्डलले स्वागत मन्तब्य राखेका थिए ।
छाया नेपालका कार्यकारी निर्देशक थापाले बिद्यालय स्तरमा सरसफाइ तथा स्वच्छ खानेपानीको आवश्यकता अपरिहार्य भएको बताएका छन ।
युनिसेफको सहयोगमा छाया नेपाल र पिपिसि नेपालको सहकार्यमा रौतहटको चन्द्रपुर,यमुनामाइ,बाराको बारागढी गाउपालिका र जितपुर सिमरा उपमहानगरपालिकाको २२ वटा बिद्यालयमा सरसफाइ तथा स्वच्छ खानेपानीको ब्यबस्थाको लागी काम गरिरहेको छ ।
कार्यक्रममा २२ वटै बिद्यालयका प्रअहरु, बारागढी गाउपालिकाकी उपाध्यक्ष लक्ष्मी देबी राय,बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षहरु,वाड अध्यक्षहरु ,सदस्यहरु,बिद्यार्थी लगायतको उपस्थीती रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु