रौतहट २० जेठ /आम जनता पार्टीका केन्द्रिय अध्यक्ष प्रभू साहले रौतहटको गरुडा र गढीमाई नगरपालिकामा आजपा पार्टीले राखेको कार्यक्रम तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गरेका छन ।
अध्यक्ष साहले देशमा बढ़दो लुट र भ्रष्टाचार विरुद्ध आमसंघर्ष गर्ने प्रतिबद्धता सहित भ्रष्टाचार जटिल विषय बनेको बताएका छन ।
देशमा भ्रष्टाचार लुट रोकथामका लागि सरकारी, निजी र गैरसरकारी क्षेत्रका तथा पदाधिकारीका साथै सबै नागरिकको निरन्तर सहयोग जरुरत पर्ने उनले बताए ।
‘मुलुकको सर्वाङ्गीण विकासका साथै अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रको छवि बढाउन सबै क्षेत्रबाट निरन्तर साथ, समर्थन, समन्वय र सहयोग जरुरी रहेको अध्यक्ष साहको धारणा छ ।
उक्त कार्यक्रममा आम जनता पार्टीको रौतहट जिल्ला इन्चार्ज अमर साह , जिल्ला अध्यक्ष एवं पूर्व मेयर धर्मेन्द्र पटेल लगायतका नेताहरुको उपस्थिति रहेको थियो।