Sunday, January 26, 2025

गौर घटनाका पिडित द्वारा सर्वोच्च अदालतमा मुद्दा दर्ता

पछिल्लाे समाचार

रौतहट २१ जेठ । गौर हत्याकाण्ड का दोषि लाई कार्वाही नभएको भन्दै १६ वर्षपछि सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर आइतबार आम जनता पार्टीका नेता त्रिभुवन साहले मुद्दा दर्ता गरेका हुन् ।
सो मुद्दाको पेशी तारीख जेठ २२ गते सोमबारलाई तोकिएको छ।
गौर हत्याकाण्ड भएको १६ वर्ष वितिसक्दा पनि  अहिलेसम्म दोषिलाइ कार्वाहि गर्न सकेकाे  भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको हो ।
गौर घटनामा श्रीमान गुमाएपछि न्याय माग्दै पटक पटक आन्दोलन, पटक पटक धर्ना बसेको, तर १६ वर्षको अवधिमा कसैले पनि न्यायका लागि पहल नगरेको बौधिमाई नगरपालिका वडा नम्बर ८ बस्ने मृतक नर्मदेश्वर उपाध्यायकी श्रीमती रूपसागर उपाध्यायले दुखेसो छ ।
गौर हत्याकाण्डपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तथा पार्टीका तत्कालिन वरिष्ठ नेता डा. बाबुराम भट्टराईले बेवास्ता गरेकाले आफूहरु थप पीडित भएको पीडित उपाध्यायको गुनासो छ ।
केहिदिन अघि पिडितहरुले  गृहमन्त्री नारायण काजी श्रेष्ठ लाई भेटेर न्यायको पहल गरीदिन आग्रह गरेका थिए ।
मृतक प्रमोद यादवको बुवा रामशरण यादव र मृतक नर्मदेश्वर उपाध्यायको श्रीमती रूपसागर उपाध्याय लगाएतका आजपाका नेताको टोली ले सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने गएका थिए ।
२०६३ साल चैत्र ७ गते रौतहटको सदरमुकाम गौरस्थित राईसमिलको चौरमा तत्कालिन मधेशी जनअधिकार फोरम र तात्कालिन नेकपा माओवादी ले एउटै चौरमा  सभा गर्न लाग्दा दुई पक्षबीच  झडप भएको थियो। झडपमा परी २७ जना माओवादी कार्यकर्ताको  मृत्यू भएको थियो। सो घटनामा ५० भन्दा बढी माओवादी कार्यक्रता घाईते भएका थिए ।
माओवादी कार्यकर्तालाई लक्षित गरी गरिएको आक्रमण पुर्वनियोजित तथा संगठित रूपमा भएको राष्ट्रिय मानवअधिकार आयोग ले घटनाको छानबिन पछि ठहर गरेकी थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु