काठमाण्डौ १६ जेठ । मंगलबार नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिस डाँडामा भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै दरबार हत्याकाण्ड, गौर हत्याकाण्ड लगायतका हत्याकाण्डहरूको अनुसन्धान गरी निचोडमा पुग्ने बताएका छन ।
प्रधानमन्त्रीले २०४६ सालको जनआन्दोलनपछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरणको बारेमा खोजी गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन।
उनले ठूलाठूला भयानक हत्याकाण्डहरूको खोजीनिती गर्नुछ । चाहे त्यो गौर हत्याकाण्ड होस् चाहे दरबार हत्याकाण्ड । त्यसको छिनोफानो भएको छैन । नेपाली जनताको मनमा धेरै ठूलाठूला शङ्काहरू छन् । के भएको हो भन्ने कुराको सत्यतथ्य आएको छैन ।’
२०६३ साल चैत्र ७ गते रौतहटको सदरमुकाम गौरस्थित राईसमिलको चौरमा तत्कालिन मधेशी जनअधिकार फोरम र तात्कालिन नेकपा माओवादी ले एउटै चौरमा सभा गर्न लाग्दा दुई पक्षबीच झडप भएको थियो।
झडपमा परी २७ जना माओवादी कार्यकर्ताको मृत्यू भएको थियो। सोही घटनामा ५० भन्दा बढी घाईते भएका थिए ।
माओवादी कार्यकर्तालाई लक्षित गरी गरिएको आक्रमण पुर्वनियोजित तथा संगठित रूपमा भएको राष्ट्रिय मानवअधिकार आयोग ले ठहर गरेकी थियो।
गौर हत्याकाण्ड हुँदा तत्कालिन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव मधेस आन्दोलनको नेतृत्व गरिरहेका थिए।