Wednesday, January 22, 2025

गुजरामा शैक्षिक समस्या तथा समाधानका उपाय विषयक अन्तरक्रिया सम्पन्न

पछिल्लाे समाचार


राैतहट १५ जेठ । गणतन्त्र दिवस २०८० को उपलक्ष्यमा शैक्षिक समस्या तथा समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रम गरीएक‍ो छ ।
गुजराकाे कनकपुर माविमा कार्यक्रम सम्पन्न भएको छ ।जिल्ला तथा गुजरा नगरपालिकाका शैक्षिक क्षेत्रमा देखिएका समस्या उपर शिक्षाविद्व तथा सरोकारबालाले धारणा राखेका छन ।
  सो कार्यक्रमका प्रमुख अतिथि गुजरा नगर प्रमुख सन्तलाल चाैधरीले  शिक्षा क्षेत्रमा रहेका समस्या एक्लो नगरप्रमुखले चाहेर पनि  सामाधान  सम्भव नहुने वताए ।
नगरपालिकाले विधालयको भाैतिक अवस्था मात्र सुधार गर्न सक्छ ,सपार्न सक्छन ।तर विधालयमा वर्षाै देखि कमि रहेको शैक्षिक जनशक्ति व्यवस्थापन गर्ने अधिकार नगर प्रमुखसंग  नरहेको मेयर चाैधरीले बताए  ।
नगरप्रमुख चाैधरीले भने शिक्षा सम्बन्धि अधिकार बजेट नगरपालिकामा रहेपनि  राहत काेटाकाे बिक्री अझै शिक्षा समन्वय ईकाई गाैरबाट भई रहेको दाबि गरे ।
राष्ट्रिय परिक्षा बोर्डका हेटाैडाका प्रमुख कृष्णप्रसाद घिमिरेले  समय अनुकुल  डिजिटल प्रविधिमा शैक्षिक गतिविधि संचालन गर्न सुझाव दिएका छन । 
नारायणी माध्यमिक विधालय चितवनका पुर्व प्रधानाध्यापक पुर्ण बहादुर दवाडीले अभिभावक  शिक्षक र विधार्थीको भुमिका बारे प्रकाश पारेका छन ।
विधालय व्यवस्थापन समितिका अध्यक्ष शेख शैनुल्हाको को अध्यक्षतामा भएको अन्तरक्रियामा  नेपाल शिक्षक संघका अध्यक्ष रामकृपाल यादव , प्रगतिशील शिक्षक संघका अध्यक्ष धर्मेन्द्र सिह , पुर्व प्रधानाध्यापकहरु राज किशोर यादव, याेगेन्द्र यादव,सुरेन्द्र प्रसाद सिह ,सुदामा यादव , विश्वनाथ राउत, रामेश्वर चाैधरी, समाजसेवी साविर हुसेन  , स्थानिय युवा अवदुल सलाम सहितका बक्ताहरुले शैक्षिक अवस्था प्रति चिन्ता व्यक्त गरेका थिए।
वक्ताहरुले सडक ग्राभेललाई मात्र विकास बुझ्ने जनप्रतिनिधिलाई शिक्षा क्षेत्रमा  बढि भन्दा बढि बजेट विनियोजन गरि काम गर्न सुझाव दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु