Thursday, January 23, 2025

अलपत्र पुल निर्माण को माग गर्दै रिले अनसन

पछिल्लाे समाचार



रौतहट १५ जेठ ।  पुलको ठेक्का रद्ध गरि अर्को ठेकेदारलाइ काम दिनुपर्ने माग राख्दै अलपत्र पुलमुनि स्थानियले रिले अनसन सुरु गरेका छन् ।
पुल अलपत्र पारेर ठेकेदार निस्कृय  बसेको भन्दै सडक डिभिजन कार्यालय र ठेकेदारलाई स्थानीयले ध्यानाकर्षण गराउदै आएका थिए ।
गैंडाटार हुँदै मकवानपुर  जोड्ने चन्द्रपुर–४ र ३ स्थित चाँदी नदीमा निर्माणाधीन पुल  अलपत्र पारिएको भन्दै अनसन थालिएको हो ।
सडक डिभिजन चन्द्रनिगाहपुरका प्रमुख दरोगाप्रसाद साह, ठेकेदार दयाराम साह गैरजीम्मेवार हुदा पुल नबनेको स्थानियको ठम्याइ छ ।
पुल निर्माण संघर्ष समितिका अध्यक्ष गोविन्द तिमल्सिनाले पुल निर्माणको काम  सुरु नभएसम्म अनसन जारी राख्ने जानकारी दिएका छन ।
उनले सडक डिभिजन प्रमुख र ठेकेदार लाई कार्वाहि गर्न समेत माग गरेका छन ।


पुल निर्माण गर्न पप्पु शिवशंकर जेभीले २०७४ असार ३१ गते २५ करोड ३६ लाख २४ हजारमा  सम्झौता गरेको थियो । सम्झौतामा  २०७६ असार ३१ गते पुल निर्माणको काम सम्पन्न गरिसक्नु पर्ने थियो ।
तेश्रो पटक यही असार मसान्तसम्म सक्ने गरी म्याद थप भएको छ । थपिएको  म्यादमा निर्माण सम्पन्न नहुने भएपछि स्थानिय अनसनमा बसेका हुन ।
सडक डिभिजन कार्यालय चन्द्रपुरका प्रमुख दरोगा प्रसाद साहले सम्झौता मितिमा निर्माण नसकिएपछि पहिलो पटक साधारण खरिद नियमावली अनुसार अनुसार डेढ वर्ष म्याद थप गरेका थिए ।
थपिएको म्याद अनुसार २०७७ पुस १४ मा निर्माण कार्य सक्नुपर्नेमा ठेकेदारले कोरोना महामारी, लकडाउन,बन्द हड्ताल देखाउदै अलपत्र राखेको थियो ।


कोरोनाको कारण देखाउँदै दोश्रो पटक २०७७ माघ ११ को निर्णय अनुसार २०७८ असार १३ गतेसम्म काम सम्पन्न गर्ने गरी ६ महिना म्याद थप गरिएको थियो  ।
अलपत्र पुलको पुन: तेश्रो पटकका लागि २०७९ असार सम्मको म्याद थपे पनि निर्माण सम्पन्न हुन सकेन ।
ठेकेदारलाई काम सम्पन्न नगरेकोमा यसअघि नै स्पष्टीकरण सोधिएको  डिभिजन सडक कार्यलयको भनाइ छ ।  पुलको हाल सम्म ७५ प्रतिशत काम भएको बताइएको छ ।
  ठेकेदार ले आर्थिक अभाव, , निर्माण सामग्रीको अभाव को कारण देखाउँदै  निर्माण सम्पन्न नभएको बताउदै आएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु