Thursday, January 23, 2025

खानेपानी चन्द्रपुरमा अध्यक्ष बन्न ४ जनाको उम्मेदवारी

पछिल्लाे समाचार



रौतहट १४ जेठ । चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षको लागी ४ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन समितिको तालिका अनुसार  आइतबार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको थियो । अध्यक्ष पदको लागी अशोक कुमार पहाडी,किशोर प्रसाद उपाध्याय,सन्तोष काफले र लेखनाथ कोइरालाको उमेदवारी परेको हो ।
यसैगरी समितिको उपाध्यक्षमा २ जनाको उमेदवारी परेको छ । उपाध्यक्षमा डोल बहादुर ठाडा मगर र विश्वजित बन्जाराको उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ । यस्तै सचिब पदमा भने ३ जनाको उमेदवारी परेको छ । सचिब पदमा मनोज तिमलसिना,अबधेश हरी भट्टराई र रन्जन कुमार काफलेको उमेदवारी परेको छ ।
यसैगरी कोषाध्यक्षमा भने २ जनाको मात्रै उमेदवारी परेको छ । कोषाध्यक्षमा बिनिता बख्रेल र मरछिया देबीको उम्मेदवारी परेको हो ।
यस्तै ३ जना महिला सदस्यको लागी ७ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । महिला सदस्यमा उम्मेदवारी दिनेहरुमा शर्मिला बजगाई,जुनकिरी बिश्वकर्मा,तारा कुमारी गुर्माछाने,यसोदा भट्टराई,रत्न कुमारी खडका,कल्पना दाहाल र जानुका कुमारी तिमलसिना रहेका छन ।
६ जना खुल्ला सदस्यहरुको लागी १२ जनाको उमेदवारी परेको छ । सदस्यमा उमेदवारी दिनेहरुमा कुल प्रसाद अधिकारी,खडग बहादुर न्यौपाने,मुना श्रेष्ठ गौतम,रामचन्द्र शिवाकोटी,नेहरुल नेसा,सत्यमाभा अधिकारी,बृजेश प्रसाद साह,प्रहलाद मैनाली,दुर्गा प्रसाद हुमागाई,राम प्रसाद साह,बलराम सापकोटा र भरत प्रसाद अधिकारी रहेका छन ।
निर्वाचन तालिका अनुसार उम्मेदवार बिरुद्ध दाबी बिरोध सोमबार बिहान १२ बजे सम्म,उम्मेदवारी फिर्ता २ बजे सम्म र उम्मेदवारहरुको अन्तिम नामाबली प्रकाशन ४ बजे रहेको निर्वाचन समितिले जनाएको छ । सो संस्थाको अध्यक्ष सहित १३ जनाको समितिको लागी आउदो जेठ २० गते निर्वाचन हुदैछ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु