Friday, January 24, 2025

६५ बर्षिय वडाअध्यक्ष पालले ३५ बर्षिया एकल महिलालाई शारीरिक सम्बन्ध राख्न दवाव दिए …..!

पछिल्लाे समाचार


रौतहट, १४ जेठ । बृन्दावन नगरपालिका वडा नं.७ का वडाअध्यक्ष मदन पालले एकल महिलालाई पटक–पटक यौंन प्रस्ताव राख्ने गरेको ती महिलाले बताएकी छिन ।
वडाअध्यक्ष पालले साना किसान कृषि सहकारी संस्थाबाट निकालेको ऋण र प्रहरीमा परेको मुद्दा मिलाइ दिन्छु भन्दै धमैराकी एकल महिलाई यौंन प्रस्ताव राखेका हुन ।
६ वर्ष पहिला साना किसान कृषि सहकारी संस्था धमैराबाट घर परिवार चलाउन श्रीमानले ३ लाख रुपैयाँ कर्जा लिएका थिए । धमैरामा १३ धुर जग्गामा घर बनाएर बसोबास गर्दै आएको र ऋण लिएको पाँच वर्षपछि श्रीमानको मृत्यु भएको पिडित महिलाको भनाई छ ।
उक्त ऋणको अहिले ब्याज र सावा गरी पाँच लाख पुगेको छ । ती महिलालाइ पालले नै साना किसानबाट ऋण निकाल्न सहयोग गरेका थिए ।
अन्दाजी ३५ वर्षकी ती महिला पत्रकारहरु सँग कुराकानी गर्दै गाउँको नातामा जेठाजु समेत पर्ने वडाअध्यक्ष पाल ऋण मिनाहा गराई दिने र मुद्दा मलाई दिने भन्दै रातीको ११,/१२ बजेतिर गाउँ नजिकै रहेको पुल तथा खेत मा बोलाउने गरेको आरोप महिलाको छ ।
आरोपी पालले बोलाएको ठाउमा नगएमा बिभिन्न बहाना बनाएर धम्की समेत दिने गरेको ती महिलाले बताईन ।
बिना कारण थुनामा समेत राखेपछि नातामा नाति पर्नेले ९० हजार धरौटी तिरेर छुटाएर ल्याए पनि वडाअध्यक्ष पालले झुक्याएर आफु र श्रीमान सँग पनि ३ लाखको कपाली तमसुक कागज समेत बनाएको महिलाले आरोप लगाईन् ।
ज्याला मजदुरी गरेर चार जना बालबच्चा पालनपोषण गर्दै आएकी ती महिलालाई वडा अध्यक्ष पालले घर खाली गर्न दवाव दिने गरेको उनको गुनासो छ ।
गत स्थानिय तह निर्वाचनमा नेकपा एसबाट निर्वाचित वडाअध्यक्ष पालले राती डर लगेमा दिउस चन्द्रनिगहपुरको होटलमा जान समेत प्रस्ताव गर्ने गरेको आरोप ती महिलाले लगाएकी छन् ।
यस विषयमा वडाअध्यक्ष पालले आरोप गलत रहेको बताएका छन् । उनले आफुले कुनै पनि बेला ती महिलालाई फोन समेत नगरेको दावी गरेका छन् ।
वडाअध्यक्ष पालले भने, यो कसैले षडयन्त्र गरेर आफुलाई फसाउने प्रयास गरेको छ । ती महिला सँग कहिलै नबोल्ने र फोन समेत नगरेको उनको दावी छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु