Wednesday, January 22, 2025

हरायो डण्डिबियो, बाघचाल जस्ता पुराना खेल

पछिल्लाे समाचार



रौतहट, १६ जेठ ।पछिल्लो समय मधेशमा खेलिने परम्परागत  खेल हराउन थालेको छ ।

बालबालिका तथा किशोरकिशोरी इन्टरनेटमा रमाउन थालेपछि पुराना खेल हराउन थालेका छन ।

जनज्योति माध्यमिक विद्यालयका पूर्वखेल शिक्षक रामकुमार घिमिरे ले हाम्रा अधिकांश रैथाने खेल वातावरणमैत्री र मितव्ययी छन् । गाउँघरमै उपलब्ध सामाग्रीको खोजी गरी खेलिन्थ्यो ।

आर्थिक भार नपर्ने, शारीरिक र मानसिक विकास पनि हुने र मनोरञ्जन पनि  लिन सकिने  रैथाने खेल संरक्षणमा सबैले विशेष ध्यान दिनुपर्ने घिमिरेको सुझाव छ ।

परम्परागत रैथाने खेल ऋतु विशेषमा खेलिने खालका पनि छन् । बाह्रै मास खेल्ने खालका पनि छन् । त्यस्ता खेलको ठाउँ विशेष भिन्नभिन्न नाम रहेको पनि पाइन्छ । सामान्यतया तराई मधेशको ग्रामीण क्षेत्रमा खेलिने मुखमा चम्चा च्यापेर त्यसमा गुच्चा राखेर नखसाइ तोकिएको स्थानमा पुगेर जितिने ‘चम्चा/गुच्चा’ खेल, बित्ता नापेर, भलेर, सानो खोपिल्टोमा पसाएर लगायतका तरिकाले खेलिने ‘गुच्चा’ खेल जसमा हार्नेले जित्नेलाई गुच्चा नै तिर्नुपर्ने नियम रहेको पाइन्छ । 

सोच्ने शक्ति बढाउने खेल मानिने ‘बाघचाल’ सामूहिक भावनाको विकास गराउने खेल ‘डन्डीबियो’ पाँच छवटा ढुङ्गालाई खात बनाएर राखी तोकिएको ठाउँबाट बलले हिर्काएर ढाल्ने खेल ‘लक्कुढाल’ अहिले हराएको छ ।

गोलाकारमा बसी सामूहिक रूपमा खेलिने अर्को खेल ‘रुमाल लुकाइ’ एउटा खुट्टालाई माथि उठाएर हातले समाती एउटा खुट्टा मात्र टेकी सबैलाई लडाएर ‘भाले जुधाइ’ खेलिन्थ्यो । दुईवटा समूह बनाएर सामूहिक रूपमा बल प्रयोग गरी खेलिने खेल ‘डोरी तान्ने’ सानो ढुङ्गालाई गोलाकार बनाई एउटा खुट्टा उचालेर अर्को खुट्टाले हानेर ‘खुट्टी’ (तिती) खेलिन्थ्यो । विशेषगरी सामूहिक रूपमा किशोरीले पाँच, सात वा नौवटा बाटुलो ढुङ्गालाई हातमा राखेर खेल्ने खेल ‘गट्टा’, अर्को सामूहिक रूपमा खेलिने खेल ‘चोर पुलिस’ वा ‘लुकिडुम’ र आँखामा पट्टी बाँधेर खेलिने खेल ‘घैँटो फुटाइ’ जस्ता खेल लोप हुँदै गएका छन् । 

जिल्ला खेलकुद विकास समिति रौतहटका पदाधिकारी विरेन्द्र ढुङ्गानाका अनुसार राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ ले खेलकुद शब्दलाई परिभाषित गर्ने क्रममा परम्परागत खेललाई समेत खेलकुदभित्र समेटेको छ तर यसको संरक्षण र विस्तारबारे सम्बन्धित निकायले कुनै चासो देखाएको पाइदैन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु