रौतहट १५ फागुन । विभिन्न पालिकाहरुमा लाग्ने हाटबजार तथा सडक किनारमा फोहर मासु बिक्री हुने गरेको छ ।
चन्द्रपुर, सन्तपुर,गरुडा, शिवनगर,गौर, यमुननमाइ लगायतका अधिकांश पालिकाहरु तथा बजारहरुमा लाग्ने हाटबजारमा सडकमै दुर्गन्ध आउने गरी मासु बेच्ने गरेका छन ।
बाहिर सडक किनारमा, धुलो उड्ने, खुला स्थानमा, झिंगा भन्किएकै अवस्थामा मासु ,माछा बेच्ने गरेको पाइन्छ ।
मासु व्यवसायीहरुले नगरपालिकाको निर्देशन लाई अटेर गरि मापदण्ड विपरीत मानव स्वास्थ्यसँग खेलवाड गरिरहेको भन्दै उपभोक्ता अधिकारकर्मी बादीहरुले बताएका छन ।
आक्कल झुक्कल जाने अनुगमन टोली आउँदा सुधार गर्ने प्रतिबद्धता देखाए पनि टोली गएपछि व्यापारीले अटेरी गर्दै आएको उपभोक्ता हित संरक्षण मंच रौतहटका अध्यक्ष टिका घिमिरेले बताउछन ।
अनुगमनका क्रममा पसल व्यवस्थित नभएको, मूल्य सूची नराखिएको, सरसफाइमा ध्यान नदिएको भेटिने गरेको छ ।
मासु बिक्री गर्ने स्थानमा जालीले घेरेको हुनुपर्ने, फ्रिज राख्नुपर्ने, मासुमा पानी मिसाउन नपाइने, बासी सडेको मासु बेच्न नपाइने लगायत मापदण्ड सरकारले तोकेको छ ।
मापदण्ड तोकेपनि अधिकांश मासु पसलेहरूले पूर्ण रुपमा मापदण्ड पालना गरेको नपाएको उपभोक्ता अधिकारकर्मीहरू बताउँछन् ।
जिल्लाभर ५ सयको हाराहारीमा सडक र बजारमा जथाभावी मासु बिक्री गर्ने व्यवसायी रहेकाे अनुमान छ ।