रौतहट १४ जेठ ।चन्द्रज्योति कान्ति हस्पिटल प्रा.लि. ले बौधिमाई न.पा.- ७,बंकुल बजार निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।
मौलापुर नगर पालिका वडा न. ८ मा रक्तचाप ,सुगर लगाएत बिभिन्न रोग लागेका करिव ३ सय जनाले सेवा लिएका छन ।
मौलापुर नगरपालिका को सहयोग र चन्द्रज्योती कान्ति हस्पिटल को आयोजना शिविर संचालन भएको थियो ।
मौलापुर न.पा.कि मेयर रीना कुमारी साह, उपमेयर नागेन्द्र प्रसाद यादव, प्रशासकिय अधिकृत रामबाबु प्रसाद साह, चन्द्रज्योति कान्ति हस्पिटल प्रा.लि का डा. अमरेश कुमार यादव , वाड न. ८ के अध्यक्ष शिवपोषण यादव र वडा न ९ का अध्यक्ष श्याम किशोर साह,को उपस्थिती रहेको थियो ।