रौतहट १४ जेठ । दुसाध समाजको क्षेत्रीय भेला रौतहटको बिर्तामा सम्पन्न भएको छ ।
गरुडा नगरपालिका वडा नम्बर ८ बिर्ता चौक मा दुसाध जातिलाई एक ठाउमा ल्याउने उदेश्यले कार्यक्रम गर्को आयोजकले जनाएको छ ।
भेलाले रौतहट निर्वाचन क्षेत्र नं.४ को लागि रामबिश्वास पासवानको अध्यक्षतामा ११ सदस्यीय क्षेत्रीय समिति गठन गरिएको छ ।
उपाध्यक्षमा रामलाल पासवान, सचिवमा हरेन्द्र पासवान,स.सचिवमा अकलेश पासवान र कोषाध्यक्षमा रामबृक्ष पासवान रहेका छन भने सदस्यहरुमा रिमा पासवान,मानकुमारी पासवान,खुश्बु पासवान र किश्मतिया देवी पासवान रहेका छन ।
यस्तै समितिको युवा कमिटीमा अकलु पासवानको अध्यक्ष्तामा ९ सदस्यीय समिति गठन गरिएको छ। समितिको उपाध्यक्षमा सुनिल पासवान,सचिवमा सुरत पासवान,कोषाध्यक्ष मा,विजय पासवान र सदस्यमा रिंकु पासवान लगायत अन्य ३ जना सदस्यहरु पनि रहेको छ।
कार्यक्रममा दुसाध जाति भित्र रहेेेको कमजोरी,शिक्षामा सुधार राजनीतिमा पहुँच र दुसाध जाति माथि भईरहेको अन्याय को कसरी सामना गर्ने बिषयमा छलफल भएको थियो।
कार्यक्रमको प्रमुख अथितिको रुपमा बोल्दै दलित अगुवा धर्मेन्द्र पासवान ले ,सबै संगठनलाई अगाडि बढाएर ऐतिहासिक कार्य गरिरहेको र मधेश प्रदेश मा दिन–प्रतिदिन जातीय विभेद तथा छुवाछुत का घटनाहरु घटनुको साटो अझ बढ्दै जानुको मुल कारण दुसाध जाति संगठित नहुनु रहेको कताए ।
कु संस्कार, कु प्रथाले सबै दुसाध जाति बिभिन्न हिसांको सिकार हुदै आएको दलित अगुवा पासवान ले बताए ।
अर्का अगुवा सागर पासवानले दुसाध जाति अन्य कुनै लोभ प्रलोभनमा नपरी आफ्नै संगठनमा लागेर दुसाध जातिलाई अगाडि बढाउन तन मनले साथ दिन आग्रह गरे ।
संगठन रौतहटमा नभई देश रको २१ वटा जिल्लामा सो संगठनको समिति निर्माण हुने जानकारी दिए ।
वृन्दावन नगरपालिकाका नगर कार्यपालिका सदस्य राजेश पासवानले रौतहट मा दुसाद जातिको बाहुल्यता हुदाहुँदै पनि आफुहरुको नाममा आएको सरकारी बजेट तथा गैर सरकारी बजेट समेत वडा अध्यक्ष,वडा सचिव देखि लिएर स्थानिय निकायका राजनैतिक दल तथा पदाधिकारीहरुले नै खाने गरेको गुनासो गरेका छन ।
पासवानले समाजमा भईरहेको जातिय विभेद अन्त्य गरि बाच्न पाउने अधिकार का लागि अब सबै एकजुट भई संगठनमा लागेर दुसाद जातिलाई अगाडि बढाउन आग्रह गरे।
कार्यक्रमको अध्यक्षता दलित अगुवा रामविनय पासवानले गरेका थिए भने कार्यक्रमको प्रमुख अथिती धर्मेन्द्र पासवान थिए । विशिस्ठ अथितिमा अधिवक्ता सोनेलाल पासवान र सुरेन्द्र पासवान,अथितीहरुमा राजेश पासवमन, पासवान शिवजी पासवान र सुब्बा साहेब पासवान रहेका थिए। सो कार्यक्रमको संचालन शिक्षक रामअधार पासवानले गरेका थिए।