रौतहट १५ जेठ । आफुमाथी लगाएको आरोप झुठा, भ्रामक गलत,मिथ्या र कपाेकल्पित रहेको वृन्दावन नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जगरनाथ भेडिहर उर्फ मदन पालले बताएका छन् ।
वडाअध्यक्ष पालले आफुमाथि लगाएको आरोपमा कुनै सत्यता नरहेको बताए ।
गलत हल्ला फैलाई आफ्नो चरित्र हत्या गर्न खोज्ने त्यस्ता ब्यक्तिहरुलाई कार्यवाही गर्न उनले माग गरेका छन् ।
ती महिलाले लगाएको आराेपकाे वडा अध्यक्ष पालले खण्डन गर्दै भनेका छन , कुनै संस्था सँग लिएकाे ऋण कुनै पनि व्यक्तिले मिनाहा गराउने प्रावधान नै छैन् । त्यसलै उक्त आराेप गलत हाे । रह्यो मुद्दा मिलाई दिने । मेराे जानकारीमा ती महिलामाथि कुनै मुद्दा नै छैन् । जब मुद्दा नै छैन् भने त्याे कसरी मिलाई दिने हाे । याे आराेप पनि गलत हाे ।
ऋण मिनाहा र प्रहरीमा परेको मुद्दा मिलाइ दिन्छु भन्दै धमाैराकी एक महिलालाई वडा अध्यक्ष पालले यौंन प्रस्ताव राखेको आरोप लागेको थियो ।
ती महिलाको आरोप मिथ्या र गलत रहेको र षड्यन्त्र रचि आफुलाई बदनाम गराउन खोजेको वडा अध्यक्ष पालले बताए ।
वडा अध्यक्ष पालले सत्य,तथ्य छानबिन गरि दाेषीलाई कार्यवाही गर्न माग गरेका छन् । उनले भनेका छन् मलाई जुन कलंकित पार्ने काम भएको छ । त्याे एकदमै गलत हाे । यस्ताे कसैसँग हुनु हुँदैन ।
वडाअध्यक्ष पालले साना किसान कृषि सहकारी संस्थाबाट निकालेको ऋण र प्रहरीमा परेको मुद्दा मिलाइ दिन्छु भन्दै धमाैराकी एकल महिला लाई यौंन प्रस्ताव राखेको भन्दै महिलाले बोलेका कुरा सामाजिक संजालमा भाइरल भएको थियो ।