Wednesday, January 22, 2025

सामुदायिक बनमा हजारौ क्युफिट काठ अलपत्र

पछिल्लाे समाचार


रौतहट ११ बैसाख ।सरकारको झन्झटिलो निति र सामुदायिक वनहरुको कागजी अडचनले सामुदायिक वनका काठ दाउरा बिक्री बितरणमा ढिलाइ भएको सरोकारबालाहरुको भनाई छ ।
सामुदायिक वनहरुको लेखा परिक्षण देखी बिभिन्न प्रतिबेदन र नबिकरण नहुदा केही सामुदायिक वनका काठहरु कुहिने अबस्थामा रहेको बन प्रमुख सुनिल  कर्णको भनाई छ ।
सरकारको नितिको कारणले बिक्री बितरणमा ढिलाइ भएको प्रमुख कर्णको  भनाइ छ ।
अहिले धेरै सामुदायिक वनहरुले बिक्रि बितरणको लागी अनुमति लगेको र काठ कुहिनबाट जोगाउन वन सक्रिय भएर काम गरिरहेको प्रमुख कर्णले बताए ।
रौतहटका करिब ४२ वटा सामुदायिक वनका हजारौ क्युफिट काठ कुहिने अबस्थामा छन भने पछिल्लो समय सयौ क्वफिट  काठ डडेलोमा जलेर नष्ठ भएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु